श्रमिकहरुले न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको उजुरी र गुनासोहरुमा वृद्धि

Logo
Nav Nepal मंगलबार, बैशाख १६, २०८२

 

विराटनगर, १६ वैशाख ः कोशी प्रदेशमा न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा श्रमिकहरुको उजुरी र गुनासोहरु बढ्दै गएको छ ।
कोशी प्रदेश श्रम तथा रोजगार कार्यालय विराटनगरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पछिल्लो नौ महिनाको अवधिमा ८६ वटा उजुरी परको छ ।
उक्त उजुरीमध्येमा व्यक्तिगत ५९ र सामुहिक २७ वटा रहेका छन् भने तीन मध्ये तीन वटा फछ्र्यौट गरिएको कार्यालय प्रमुख बरिष्ठ श्रम अधिकृत पुष्पराज कट्वालले जानकारी दिनुभयो ।
अधिकृत कट्वालले ४८ वटा उजुरी फछ्र्यौटको प्रकृयामा रहेको बताउनुभयो ।
श्रमिकहरुले प्रतिष्ठानबाट पाउनुपर्ने न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा पछिल्लो समयमा उजुरी र गुनासोहरु बढ्दै गएको उहाँले जानकारी दिनु भयो ।
उहाँले न्युनतम पारिश्रमिक तथा सेवा सुविधा नपाएको विषयमा परेका उजुरी माथि तत्काल कारवाही शुरु गर्ने गरिएको बताउनुभयो । उहाँले श्रमिकहरुको पारिश्रमिक लगायतका सुविधाहरु नियमित उपलब्ध गराउने प्रतिष्ठानहरुको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको बताउनु भएको छ ।
विभिन्न उद्योग÷प्रतिष्ठानहरुलाई श्रम लेखापरिक्षण गरि प्रतिवेदन पेश गर्न भनिएको र पेश नभए कारवाही गरिने उहाँले बताउनु भयो ।
श्रम तथा रोजगार कार्यालय विराटनगरले कोशी प्रदेशका १० जिल्ला साविकको मेची अञ्चलका चार जिल्ला बाहेकमा सेवा प्रवाह गर्दै आएको छ ।
कार्यालय प्रमुख कट्वालले श्रम ऐन २०७४ बमोजिम न्युनतम पारिश्रमिक दिए÷नदिएको, बालश्रम रहे, नरहेको तथा सामाजिक सुरक्षा कोषमा सूचिकृत भई सुरक्षा कोषमा आबद्ध भए नभएको हेरेर मात्रै कार्यक्रम सञ्चालन गर्न प्रदेश भित्रका सङ्घीय कार्यालय, प्रदेश सरकार र अन्तरगतका कार्यालय, स्थानीय तहहरुमा पत्राचार गरिएको बताउनुभयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077