मनमोहन स्मृति क्रिकेट –कोशी प्रदेश विजयी

Logo
Nav Nepal मंगलबार, बैशाख १६, २०८२

 

विराटनगर, १६ वैशाख ः मनमोहन कप फाउण्डेशनको आयोजनामा विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कोशी प्रदेश विजयी भएको छ।
विराटनगर–१९ वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्गलबार भएको वि समूहको पहिलो लिग खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लवलाई ३७ रनले पराजीत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ५० ओभरको खेलमा २९ दशमलव तीन बलमा सवै विकेट गुमाई ९३ रन बनाएको थियो ।
कोशीका रुपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराले १५–१५ रन बनाएका थिए ।
पुलिसका सुनिल दौल्यानले आठ ओभरमा २५ रन दिएर पाँच विकेट लिएका थिए भने विपिन कार्की र चित्र विष्टले दुई–दुई विकेट लिएका थिए ।
जवाफमा ९४ रन पछ्याएको पुलिसले २४ दशमलव पाँच बलमा सवै विकेट गुमाई ५६ रन मात्र बनाएको थियो ।
कोशीको जितमा प्लेयर अफ म्याच प्रेम कामतले नौ ओभरमा १५ रन दिएर पाँच विकेट लिएका थिए ।
बुधबार समुह वि को दोस्रो लिग खेल कोशी प्रदेश र भारतको आसाम क्लव विच हुने आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिनु भयो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077