विराटनगर ,१० फागुन । विराटनगर महानगरपालिका वडा नं. ९ को सहयोगार्थमा एक महिने सिलाई कटाई शिपमूलक कार्यक्रमको प्रारम्भ वैश्य सेवा परिषद नेपालले गरेको छ ।
स्थानिय शितल धर्मशालाको सभाहलमा कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं.९ का अध्यक्ष श्री विश्वनाथ भगतले गर्नु भएको थियो ।
स्थानिय २० जना महिलाहरु सो तालिममा सहभागी भएका छन् । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका संस्थाका संस्थापक अध्यक्ष दिनेश शाहले संस्था स्थापना देखि नै यो संस्था समाजमा जनचेतनामूलक कार्यक्रमहरुहरुमा आफ्ना भूमिका सक्रियता पूर्वक निर्वाह गरेको कुरा बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष भगतले यो १ महिने सिलाई कटाईले प्रारम्भीक चरणको शिप हासिल गर्न सकिने कुरा बताएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामकिशुन साहले भावी दिनमा १ महिने तालिम लिनेहरुका लागि ३ महिने कोर्ष ल्याउने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
े