अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विजययी हुँदै कोशी मोडेल र अरनिको स्कुल सेमिफाइनलमा

Logo
Nav Nepal बिहिबार, फाल्गुण १०, २०८०
विराटनगर  । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त  आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विहिबार भएको पहिलो खेलमा कोशी मोडेल स्कुलले मनकामना स्कुललाई ९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई १ सय १ रन बनाएको थियो । जस्मा रविन मण्डललेसर्वाधिक २५ रन बनाए । मनकामनाका लक्ष्मण तामाङले ३ विकेट लिए ।
१ सय २ रनको लक्ष्य पछ्याएको मनकामनाले १६ दशमलव २ बलमासवै विकेट गुमाई ९२ रन बनायो । जस्मा अंकित मल्लिकले सर्वाधिक १२ रनको योगदान दिए । कोशीका म्यान अफ द म्याच  गोपाल मण्डल र रितिक यादवले ३–३ विकेट लिए ।
दोस्रो खेलमा अरनिको स्कुलले नेपाल गुरुकुल स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नेपाल गुरुकुलले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सवै विकेट गुमाई ७६ रनको योगफल तयार पारेको थियो । जस्मा सौरभ बजाजले सर्वाधिक २८ रनको योगदान दिए । अरनिको म्यान अफ द म्याच साजन यादवले ३ विकेट लिँदा साइसर कोइरालाले २ विकेट लिए ।
७७  रनको विजयी लक्ष्य पाएको अरनिकोले १४ ओभरमा ४ विकेट सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा  अविशेक यादवले २६ रन बनाउँदा लुसाङ गुरुङले २० रनको योगदान दिए । नेपाल गुरुकुलका मिथो यादव, प्रान्जल चन्द्र र योगेश पासवानले १–१ विकेट लिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077