विराटनगरको ग्रिनल्याण्ड विद्यालय–  अभिभावक दिवस

Logo
Nav Nepal आइतबार, फाल्गुण १३, २०८०
विराटनगर ,१३ फागुन । विराटनगर महानगरपालिका – ५ स्थित ग्रिनल्याण्ड विद्यालयले आज यहाँ विभिन्न कार्यक्रमको आयोजना गरि अभिभावक दिवस मनाएको छ ।
विद्यालयले अभिभावक दिवसको अवसर पारेर विद्यार्थीहरूले बनाएको विज्ञानसँग सम्बन्धी विभिन्न एक दर्जन बढी प्रर्दशनी गरेको प्राचार्य दीपक पोखरेलले जानकारी दिनु भयो
सोही अवसरमा विद्यार्थीहरूले साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरेका छन् ।
सो अवसरमा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले विद्यार्थीहरूलाई शिप र संंस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिनु भयो ।
अनमोल स्पेशल एजुकेसन सेन्टरका प्रमुख डा अर्चना रिमालले एनोजाइटिकको समस्याले बिद्यार्थीलाई स्कुल जान नस्कने समस्या पछिल्लो समय बढदै गएकोले अभिावकहरुले आफ्नो छोराछोरीलाई विशेष हेरचार गरिनुपर्ने सुझाब दिइन् ।
  दिवसका अवसरमा अभिभावक, शिक्षाविद्, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको  थियो ।
कक्षा १२ सम्म  अध्यापन हुने ग्रिनल्याण्डमा दुई  हजार विद्यार्थीले पठनपाठन गरिरहेको  प्राचार्य पोखरेलले जानकारी दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077