विराटनगर, १४ फागुन । आगामी फागुन २२ गतेदेखि चैत ३ गतेसम्म विराटनगरमा सञ्चालन हुने राष्ट्रिय टि– २० क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि मकालु टिभीसँग आज यहाँ सम्झौता भएको छ ।
विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्र्तराष्ट्रिय खेल मैदानमा हुने प्र्रतियोगिताको सम्पूर्ण प्रशारण गर्न मोरङ जिल्ला क्रिकट संघका अध्यक्ष मोहम्मद साद कुरैसी(बाबु) र टिभीका प्रमुख कार्यकारी अधिकृत दिवस सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टीमको सहभागिता रहने अध्यक्ष कुरैसीले जानकारी दिनु भयो । प्रतियोगितामा बिजेता हुने टीमलाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ।
यसैगरी प्रतियोगितामा सम्पन्न गर्न रु ७५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ ।
प्रतियोगिता अन्तर्गत दैनिक दुई खेल हुने छ भने यसवाट प्रदेशको क्रिकेट खेलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ।–––