शान्ति सुरक्षा व्यवस्था र अपराध रोकथाम गर्ने– मोरङ प्रहरी प्रमुख कार्की

Logo
Nav Nepal मंगलबार, फाल्गुण १५, २०८०
विराटनगर ,१४ फागुन  । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख भएर  आउनु भएका  प्रहरी उपरीक्षक नवराज कार्कीले जिल्लामा कार्ययोजना बनाएर काम गर्ने  बताउनु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आज यहाँ आयोजित संचारकर्मीहरूसँग परिचयात्मक कार्यक्रममा उहाँले कार्ययोजना बनाएर जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन, अपराध रोकथाम र नियन्त्रणमा काम गर्ने जानकारी दिनु भयो ।
प्रमुख कार्कीले योजना अनुसार बनाएर  यस क्षेत्रमा लागूऔषध, चोरी, तस्करी नियन्त्रण, अवैध भन्सार छली रोक्न  कार्यलाई प्रमुखतामा राखेको बताउनु भयो ।
प्रहरी उपरीक्षक कार्कीले सबैको साथ सहयोगले विगत एक हप्ताको अवधिमा रु  दुई लाख भन्दा बढी भन्सार छली गरेको सामान बरामद गरेको जानकारी दिनु भयो ।
जिल्ला प्रहरी र मातहतको इलकाबाट सेवाग्राहीलाई सेवा प्रवाह चुस्त र दुरुस्त बनाएर लैजाने बताउँदै उहाँले यस कार्यलाई प्राथमिकतालाई  राखेको बताउनु भयो ।
उहाँले तत्काल सादा पोशकको प्रहरी नखटाउने प्रतिवद्धता व्यक्त्त गर्दै  आवश्यकता अनुसार अनुभवीलाई यस कार्यमा परिचालन गर्ने धारणा राख्नु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077