सामुदायिक विद्यालयस्तरीय महिला क्रिकट प्रतियोगिता

Logo
Nav Nepal मंगलबार, फाल्गुण १५, २०८०

विराटनगर, १५ फागुन । महिला क्रिकेटप्रति छात्राहरुलाई जागरुक गराउन विराटनगरमा सामुदायिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरिने भएको छ।
नेपालमा महिला क्रिकटलाई विश्वस्तरीय बनाउनका लागि दोस्रो अन्तर विद्यालयस्तरीय महिला क्रिकेट प्रतियोगिता यही फागुन १७ गतेदेखि २० गतेसम्म विराटनगरको ज्वाला क्रिकेट मैदानमा हुने नेपाल क्रिकट फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।
फाउण्डेशन , म्यारिलिबोन क्रिकट क्लव फाउण्डेशन र क्रिकट विथ आउट वाउन्ड्रीद्वारा आयोजना हुने १६ ओभरको उक्त प्रतियोगितामा विराटनगरका आदर्श, बालिका, महेन्द्र, सरस्वती , सत्यनारायण र मिल्स मावि गरी छ विद्यालयको सहभागिता हुने छ।
प्रतियोगिता उत्कृष्ट पाँच खेलाडीलाई विराटनगर क्रिकट क्लव एण्ड एकेडेमीको तर्फवाट एक वर्ष प्रशिक्षणको छात्रवृत्ति प्रदान गरिने एकेडेमीका संयोजक अभिषेक श्रेष्ठले बताउनु भयो । लिग कम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा प्रत्येक दिन दुई खेल हुनेछ ।
प्रत्येक विद्यालयले पाँच विद्यालयसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । प्रतियोगिताबाट १४ खेलाडीहरुलाई छनौट गरी मधेश प्रदेशमा हुने टि २० महिला क्रिकटमा सहभागी गराउने संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077