‘मुलुकको आर्थिक विकासका लागि निजि क्षेत्रवीच सहकार्य आवश्यक’

Logo
Nav Nepal मंगलबार, फाल्गुण १५, २०८०
मोरङ,१६ फागुन । नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मुलुकको आर्थिक विकास सम्भव हुने सहभागीहरुले बताउनु भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित आर्थिक विकासमा सरकार र निजी क्षेत्रको सहकार्य सम्वन्धी अन्तरक्रियामा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य प्रभावकारी भएमा सोचे अनुसार विकास र समृद्धि कायम हुने बताउनु भयो ।
उहाँले देशको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गर्दै मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहँदै आएको धारणा राख्नु भयो ।
प्रमुख कोइरालाले भन्नु भयो ‘ नेपालको कूल रु ५३ खर्ब ८१ अर्ब बराबरको अर्थतन्त्र रहेकोमा निजी क्षेत्रको योगदान रु ४३ खर्ब ८८ अर्ब बराबर रहेको छ’  ।
वुढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापा मगरले औद्योगिक क्षेत्र समेटिएको पालिकाको विकासमा सहयोग गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो । यसैगरी कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले लगानी आकर्षण हुन नसक्दा सरकारले निर्माण गरेको संरचना समेत प्रयोगविहीन रहेकोगुनासो व्यक्त्त गर्नु भयो ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष भीम पौडेल,महिला उद्यमी सुनिता छाराहाङ, निशा श्रेष्ठ, कृति श्रेष्ठ , साना तथा मझौला व्यवसायी संघका अध्यक्ष गोपालबहादुर पराजुली लगायतले उद्योग व्यवसाय क्षेत्रमा आइपर्ने समस्या सरकारले नै समाधान गर्नु आवश्यक रहेको सुझाव दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077