सुशासन र विकास कमजोर– अध्यक्ष ओली

Logo
Nav Nepal बुधबार, फाल्गुण १६, २०८०

विराटनगर, १६ फागुन ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अहिले सुशासन र विकास कमजोर रहेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःख लाग्छ भत्रुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमाले मिसन–८४लाई प्रमुख लक्ष्य लिइ अघि बढिरहेको बताउँदै अहिलेको गठबन्धन सरकारले सरकार टिकाउने र लम्ब्याउने काम बाहेक थप काम केही गर्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले नेपाली कांग्रेस ठूलो पार्टी भएरपनि आफ्नो हैसियत बिर्सेको प्रसङ्ग उल्लेख गर्दै नेपाली कांग्रेस आगाडि बढ्नुका साटा पछाडि फर्किरहेको आरोप लगाउनुभयो ।
भ्रष्टाचार राष्ट्रका निम्ति सहय नहुने भन्दै पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहदाका मानिसहरुले राजिनामा दिएर सत्यतथ्य छानबिन गर्न सहज बनाई दिनु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले सत्य निरुपण तथा मेला मिलाप विधेयकलाई नेकपा एमाले पारित गर्ने पक्षमा रहे्को पनि स्पष्ट पार्नुभयो ।––––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077