विराटनगर ,१७ फागुन ः नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथ आउट वाउण्ड्रीको सहयोगमा दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा आजदेखि शरु भयो ।
विद्यालयस्तरबाट छात्रालाई क्रिकेट प्रति जागरुक एवं नेपाली महिला क्रिकेटको विकासका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।
ज्वाला क्रिकेट मैदान विराटनगर –६ मा आज भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बालिका स्कुल विजयी भएका छन् ।
पहिलो खेलमा महेन्द्र स्कुलले आर्दश स्कुललाई चार रनले पराजित गरि विजयी भएको छ।
यस्तै दोस्रो खेलमा सरस्रवतीले मिल्स माविलाई ५२ रनले पराजित गरि बिजयी भएको छ।
यसैगरी तेस्रो खेलमा आर्दश बालिका स्कुलले सत्यनारायण स्कुललाई आठ विकेटले पराजित विजयी भएको छ।
चौथो खेलमा सरस्वती स्कुलले आर्दश स्कललाई नौ विकेटले पराजित गरेको छ भने पाँचौ खेलमा आर्दश बालिका स्कुलले मिल्स स्क्ुललाई आठ विकेटले पराजित गरि विजयी भएको छ।
यस्तै छैटौ खेलमा सत्यनारायण स्कलले महेन्द्र स्कुललाई १५ रनले पराजित गरेको छ ।
आगामी फागुन २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विराटनगरका छ वटा सामुदायिक विद्यालयहरू आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यनारायण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिएका छन् ।
प्रतियोगितामा दैनिक छ वटा खेलहरू हुनेछ भने सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट फाउण्डेसनका संयोजक अभिषेक श्रेष्ठले जानकारी दिनु भयो ।
लिगको आधारमा खेलाइने प्रतियोगितामा शीर्ष दुईवटा टोली विच फाइनल खेल हुने छ ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई क्रिकट .प्रशिक्षणको छात्रवृत्ती प्रदान गरिने छ ।
यस प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर मधेश प्रदेशको राजविराजमा आगामी चैत महिनामा हुने महिला टि–२० क्रिकेट प्रतियोगितामा खेल्नको व्यवस्था गरिने आयोजका मन्दिप साहले जानकारी दिनु भयो ।