आगलागी नियन्त्रणको पूर्वतयारी स्वरुप डिप वोरिङ सञ्चालन

Logo
Nav Nepal शुक्रबार, फाल्गुण १८, २०८०
विराटनगर ,१८ फागुन ः विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणलाई प्रभावकारी बनाउन विराटनगर–१० स्थित सनसारीमाईस्थानमा डिप वोरिङ जडान गरि आजदेखि सञ्चालनमा ल्याएको छ ।
महानगरले नगरको बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी जडान गरेको डिप बोरिङबाट वारुणयन्त्रको समेत परीक्षण गरिएको  छ ।
जडान गरिएको डिप बोरिङबाट पाँच हजार लिटरको ट्यांकी भर्न २० मिनेट र तीन हजार लिटरको ट्यांकी भर्न १२ मिनेट लागेको थियो ।
महानगरका प्रमुख नागेश कोइरालाले नगरको बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालयको परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता अव अन्त्य भएको बताउनुभयो ।
उहाँले अन्य ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी गरिएको जानकारी दिँदै सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेकोले यसको नियन्त्रणको पूर्वतयारी स्वरुप डिप बोरिङ जडान गर्ने कार्य अगाडि बढाएको चर्चा गर्नु भयो ।
बजार क्षेत्रमा आगलागी भइहाले समयमै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने उपप्रमुख शिल्पा निराला कार्कीले विश्वास व्यक्त्त गर्नु भयो ।
पुष्पलालचोकस्थित वारुणयन्त्रको डिप बोरिङबाट पाँच हजार लिटरको ट्यांकी भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको  छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077