\
विराटनगर,१९ फागुन ः संविधान पिता स्व. शुसिल कोइरालाको आठैँ स्मृति दिवस आज यहाँ भव्य रुपमा सम्पन्न भयो ।
संविधान पिता पूर्व प्रधानमन्त्री एवं नेकांका पूर्व सभापति स्व. कोइरालाको स्मृति सभा संचालन भैरहदा हल खचाखच भरिएके थियो ।
उहाँको स्मृति दिवसमा सुशिल कोइराला फाउण्डेशन विराटनगरद्वारा आज यहाँ आयोजित ‘ संविधानको कार्यान्वयन र आजको राजनीति’ विचार गोष्ठीमा प्रमुख अतिथिको रुपमा पूर्व राष्ट्रपति सम्मानित डा रामवरण यादव साथमा वक्ताहरु पूर्व सभामुख दमनााथ ढुङ्गाना , पूर्व दिलेन्द्रप्रसाद वडु ,पूर्वमन्त्री रोमी गौचन थकाली र राजनीतिक विश्लेषक डा हाछेयु कार्यक्रममा उपस्थिति हुंदा सभा हल सभ्य र भव्य वनेको थियो ।
विस २०६२ ÷६३ को आन्दोलनपछि भएको पहिलो संविधान सभा निर्वाचनमा संविधान वन्न नसक्द संविधान सभाको दोस्रो निर्वाचन भएको थियो ।
दोस्रो संविधान सभा निर्वाचनबाट प्रधानमन्त्री बन्न सफल हुनु भएका स्व. कोइरालाको नेतृत्वमा नै २०७२ साल असोज ३ गते नेपालको संविधान –२०७२ जारी भएको थियो ।
स्व. कोइरालाको सफल नेतृत्वको कारण संविधान जारी गर्नमा नेकपा माओवादी केन्द्रका अध्यक्ष वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदारको साथ र सहयोगवाट एवं संविधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौला रहनु भएको समितिबाट तयार भएको संविधान जारी भएको थियो ।
यो यही संविधानको हो नेपाली राजनीतिमा २००७ सालदेखि वहस र छलफल भैरहेको थियो ।
यही संविधानले २०५२ साल फागुन २ गते जनयुद्ध शुरु गरेको नेकपा माओवादीलाई १० वर्ष पछि शान्ति प्रकियामा युद्धकारी भूमिका अन्त्य गरी सहभागी भएका थिए ।
आजको दिन स्व. कोइराला यस धर्तीमा भौतिक शरीर नरहे पनि उहाँको त्याग , तपस्या र सादगी र वलिदानी कार्य नेपालको संविधान –२०७२ मा देखिन्छ ।
पूर्व राष्ट्रपति डा यादवले स्व कोइरालाको तस्बिरमा माल्र्यपणका साथ श्रद्धान्जलि व्यक्त्त गर्दै त्यस समयको परिस्थितिमा वर्तमान नेपालको संविधान–२०७२ शल्यक्रियाबाट ल्याइएको बताउनु भयो ।
संविधान संविधान सभा, नेकां, एमाले र नेकपा माओवादीले तीन पार्टीको संयुक्त प्रयासबाट आएको उहाँले बताउनु भयो ।
पूर्व राष्ट्रपति यादवले संविधानलाई दिगो बनाउन र सबै नेपालीको अपनत्व रहोस भन्नका लागि संविधान सभाको ९० प्रतिशत समर्थनमा जारी गरेको स्पष्ट पार्नु भयो ।
उहाँले आफुलाई खुशी लाग्यो पछि मधेशीवादी सबै पार्टीले निर्वाचनमा भाग लिएको चर्चा गर्दै संविधानलाई समयसापेक्ष संशोधन गर्र्दै अगाडि वढेमा दिगो हुने विश्वास व्यक्त्त गर्नु भयो ।
पूर्वराष्ट्रपति यादवले वर्तमान संविधान जनताको ठूलो संघर्षका साथ आएको बताउँदै वर्तमान संविधानमा लोकतान्त्रिक र गणतान्त्रिक भएको र कसरी व्यवहारिक रुपमा कार्यान्वयनमा लग्न सकिन्छ भन्ने सोच लोकतन्त्रिक पार्टी नेकाँको काँधमा मुख्य जिम्मेवारी रहेको विचार व्यक्त्त गर्नु भयो ।
स्व कोइराला निष्ठान , इमान्दार राजनीतिज्ञ हुनुका साथै संविधान जारी गर्नमा महत्वपूर्ण योगदान रहेको उहाँले बताउनु भयो ।
पूर्व राष्ट्रपति डा यादवले ‘ लोकतन्त्रका लागि प्रतिवद्ध रहनु भएका स्व कोइराला आर्थिक अनुशासन एवं तपस्वी रहनु भएकाले जनताले सधै स्मरण गरिरहने छन् भन्नु भयो’ ।
पूर्व सभामुख दमननाथ ढुंङ्गानाले जनताको पक्षमा संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसले नेतृत्व लिनु पर्ने बताउँदै राष्ट्रिय आवश्यक्ता अनुसार संशोधन गर्दै लानु पर्ने सुझाव दिनु भयो ।
उहाँले संविधान जारी हुने समयमा रोक्ने धेरै प्रयासहरुलाई स्व. कोइरालाको सफल नेतृत्वका कारण जारी हुन सकेको विचार राख्नु भयो ।
पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडुले लामो संघर्ष एवं सफल नेतृत्वका कारण संविधानमा वहुलवाद, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका लगायतका विषय राख्न सफल भएको स्मरण सुनाउनु भयो ।
संविधानले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएकोले संविधान संशोधन गरि स्थायीत्व वनाउनु पर्ने सुझाव दिनु भयो ।
संविधान सभा सदस्य एवं पूर्वमन्त्री रोमी गौचनले सविधान सम्झौताको दस्तावेज भएकोले समय अनुसार संशोधन गर्दै सबैको अपनत्व बनाउनु पर्नेमा जोड दिनु भयो ।
उहाँले स्व. कोइराला राष्ट्रका लागि इमान्दान्दार नेता हुनुहुन्थ्यो भन्दै जनतालाई मालिक बनाउन संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको चर्चा गर्नु भयो ।
राजनीतिक विश्लेषक एवं प्रा कृष्ण हाछेयुुले वर्तमान संविधान संशोधन गरेर गठबन्धन सरकार गठन गर्नमा सबैभन्दा ठुलो दलको नेतृत्वमा सरकार निर्माण गर्नु पने सुझाव दिनु भयो ।
उहाँले स्व. कोइराला दुरदर्शी नेता भएकाले संविधान जारी हुन सकेको चर्चा गर्दै यसलाई गतिशिल र यसको आयु लम्वाउन समयमा अनुसार संशोधन गर्दै लैजानु पर्नेमा जोड दिनु भयो ।
फाउण्डेशनकी अध्यक्ष मृदुला कोइरालाले स्व. कोइराला लोकतन्त्रको लडाइमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै दलका नेताहरुलाई एक ठाउँमा ल्याई संविधान जारी गर्न सफल हुनु भएको बताउनु भयो ।–––