वडा वडामा राप्रपाको जनजागरणको तयारी

Logo
Nav Nepal आइतबार, फाल्गुण २०, २०८०

विराटनगर ,२० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रादेशिक कार्यसमित (ख) क्षेत्र नं. ६ मोरंगको बिस्तारित बैठकले आफ्ना मातहतका वडाहरुमा जनजागरण अभियान यही साता भित्र प्रारम्भ गर्ने निर्णय गरेको छ ।
पार्टीले बोकेको मान्यता सापेक्ष हिन्दु राष्ट्र पुर्नस्थापना, संघीयता खारेजी राजा सहितको लोकतन्त्र, देशको नाजुक अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तनको एजेन्डा जनताको माझमा लाने निर्णय समेत गरेका छन् ।
बैठकले पार्टीको संगठनको सृद्धिकरण, सक्रियसदस्यता वितरणहरु जस्ता निर्णयहरु पारित गरेका छन् ।
बैठकमा केन्द्रिय महामन्त्री प्रहलाद प्रसाद साह, केन्द्रिय सह–प्रवक्ता दिनेश शाह, जिल्ला उपाध्यक्ष राजेश मास्के, जिल्ला प्रवक्ता संजय विक्रम अधिकारी, जिल्ला सदस्य शम्भु भट्टराई, क्षेत्रीय अध्यक्ष रतन तामाङ प्रादेशिक (क) अध्यक्ष उद्धव कार्की समेतले पार्टीको आन्दोलन बारे मन्यत्व राखेका थिए ।
बैठक प्रादेशिक अध्यक्ष अनुपमा शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077