म्यान अफ द म्याच हुने खेलाडीलाई एनआइसी एशिया बैंकको क्यूआरबाट भुक्तानी

Logo
Nav Nepal सोमबार, फाल्गुण २१, २०८०

विराटनगर ,२१ फागुन ।  विराटनगरमा मंगलबारदेखि शुरु हुने कोशी प्रदेश क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ ।

आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई क्युआरबाट भुक्तानी गर्ने सहमति भएको हो ।
सोमबार बैंकको तर्फबाट ब्रान्डिङ्ग एण्ड कर्पाेरेट कमिनिकेसनका प्रमुख सरोज भट्टराई र संघको तर्फबाट मोरङ अध्यक्ष महमद साद बाबु कुरेशीले सम्झौता गरेका छन् । म्यान अफ द म्याच हुने खेलाडीलाई कति राशि दिने त्यो मंगलबार तोकिने अध्यक्ष कुरेशीले बताए । डिजिटल माध्यमबाट पहिलो पटक खेलकुद क्षेत्रमा भुक्तानी गर्ने योजना ल्याएको उनले बताए । ‘क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डको रहेको हामीले बुझेका छौं । यसलाई सम्भव तुल्याउन एनआइसी एशिया बैंकको सदाचारी समर्थन हाम्रा लागि कोषेढुंगा सावित भएको छ,’ उनले भने ।
फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म प्रतियोगिता विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ । प्रतियोगिताका विजेताले ५ लाख रुपैया र उपविजेताले ३ लाख रुपैया प्राप्त गर्नेछ ।  सात वटा प्रदेशसंगै ३ वटा विभागिय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा खेल हुने आयोजकले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077