सामाजिक सञ्जालको कारण बालिकाको हत्या –आरोपित चौधरी सार्वजनिक

Logo
Nav Nepal मंगलबार, फाल्गुण २२, २०८०
विराटनगर ,२२ फागुन ः मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं ७ लामााटोलमा आइतबार बेलुका बालिकाको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरि आज यहाँ सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा  खोटाङ जिल्ला ऐसेलुखर्च गाउँपालिका –६ घर भै हाल दाजु नाता पर्नेको घर पथरीशनिश्चरेमा  वस्ने १५ वर्षिया सन्जना भन्ने ज्ञानमती थुलुङ राई वेलुकी २२ः१७ बजे शौचालय जानेक्रममा हत्या गरेको आरोपमा मोरङको ग्रामथान गाउँपालिका बस्ने ३८ वर्षिय धिरेनकुमार खाँ चौधरीलाई पक्राउ गरि सार्वजनिक गरिएको गरेको छ ।
आरोपित चौधरीलाई हत्या भएको चार घण्टा भित्र फागुन २२ गते विहान २ः३० बजे  मोरङको  बेलबारी नगरपालिका भाउन्नेस्थित पूर्वपश्चिम राजमार्गको जंगलक्षेत्रबाट पक्राउ गरेको कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनु भयो ।
मृतक राईसंग  सामाजिक सञ्जालमार्फत प्रेममा परेका चौधरीले यस अघि पनि ललाई फकाई विराटनगरको रानी नाकामार्फत भारततर्फ लग्न लागेकोमा मानव बेचविखन विरुद्ध सक्रिय गैर सरकारी संस्थाले उद्धार गरि परिवारलाई जिम्मा लगाएको समेत प्रहरीले जनाएको छ। चौधरीले राईको परिवारलाई दुःख दिन एवं विवाह  गर्न नमानेको कारण हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ।
चौधरी विगत लामो समयदेखि बारा जिल्ला जितपुर सिमरा  उपमहानगरपालिकामा वस्ने गरेको र विगत तीन महिना यता ग्रामथानस्थित घरमा नआएको परिवारले समेत जनाएको छ।चौधरी विवाहित समेत रहेका छन् । नेपाल प्रहरीले हत्या पछि तालीम प्राप्त कुकुर समेत परिचालन गरेको थियो ।
शवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी परिवारवारलाई वुझाएको छ।प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077