विराटनगर, २४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सबै नेपाली आफ्नो धर्म सस्कृतिको संरक्षंण गर्नुपर्ने बताउनु भएको छ।
हिन्दु स्वयंसेवक संघ नेपालले आज यहाँ आयोजना गरेको स्वामी विवेकानन्द सस्कृति ज्ञान परिक्षा–२०८० को उद्घाटन गर्नुहुदै उहाले विभिन्न जातजाति वसोवास गर्ने हाम्रो मुलुकमा सबैले आफ्नो धर्म सस्कृतिलाई संरक्षणबाट राष्ट्रमा समृद्धि कायम हुने विचार राख्नु भयो ।
उहाँले विभिन्न प्रलोभनमा पारेर गरिने धर्म परिवर्तन कार्यको नियन्त्रणका लागि कानूनको सही प्रयोग गर्नुपर्ने सुझाव दिनु भयोि ।
नेता डा कोइरालाले आजका पुस्तालाई चरित्रवान बनाउन विद्यालयस्तरमा नैतिक शिक्षा आवश्यक रहेको धारणा राख्नु भयो । वरिष्ठ न्युरो सर्जन डा विरेन्द्र विष्टले स्वामीे स्वामी विवेकानन्दले देखाएको बाटोमा हिड्न सबैलाई आग्रह गर्नु भयो ।–––