नेतृत्वले पार्टीमा महिलालाई आकर्षित गराउनु भूमिका खेल्नु पर्छ– नेका पूर्व महामन्त्री डा कोइराला

Logo
Nav Nepal बिहिबार, फाल्गुण २४, २०८०
विराटनगर,२४ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री डा शशांक कोइरालाले नेतृत्व तहले महिलालाई पार्टीमा आकर्षित गराउने कार्यमा भूमिका खेल्नु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेस   मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजिन ‘ नेपाली कांग्रेस र अवको वाटो’ विषयक साक्षात्कार कार्यक्रममा उहाँले मुलुकमा सुशासन र   राम्रोसंग सञ्चालनका लागि   सबै क्षेत्रमा महिलालाई ५० प्रतिशत अवसर दिनु पर्ने सुझाव दिनु भयो ।
केन्द्रीय सदस्य डा कोइरालाले पार्टीमा गुटबन्दीको होइन विचारको राजनीति गर्नुपर्नेमा जोड दिँदै क्षेत्रीय, जिल्ला, पालिकालाई अधिकार दिन पार्टीको विधान सशोधन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
उहाँले आगामी निर्वाचनका लागि नेकांले कसैसँग गठबन्धन गर्नु हुँदै भन्दै पार्टीको भविष्य राम्रो भएकोले निर्वाचनमा टिकट पाएकालाई सहयोग गर्न आग्रह गर्नु भयो ।
नेकां कोशी प्रदेश अध्यक्ष एवं पूर्व मुख्यमन्त्री उद्धव थापाले पार्टीभित्र कार्यकर्ताहरुवीच एकता हुनुपर्ने बताउनु भयो ।
उहाँले नेता शीर्ष नेता इमान्दार भएमा पार्टीको संगठन गाउँगाउँसम्म विस्तार हुनुका साथै जनताको समस्या समाधानमा सहयोग पुग्ने विश्वास जनाउनु भयो ।
संघीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशिल सदस्यहरुको वहुमतको आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै ८४ को निर्वाचन कुनै वैशाखी नटेकी वहुमत ल्याउन अहिलेदेखि लाग्नु पर्नेमा जोड दिनु भयो ।
कोशी प्रदेश सभाका सदस्य एवं केन्द्रीय सदस्य अमृत अर्याल र पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले अवको बाटो चुनौतिपूर्ण रहेकाले जनताका हक हित एवं समस्या समाधानमा पार्टी लाग्नु पर्ने सुझाव दिनु भयो ।
क्षेत्रीय सभापति विनोद बस्नेत र मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझी लगायतले नेतृत्वले कार्यकर्तालाई विश्वास, भरोसा एवं संरक्षण गर्नुपर्ने सुझाव दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077