विराटनगर, २८ फागुन ः मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई दुई विकेटले पराजित गरेको छ ।
जितसँगै सुदूर समुह वि मा चार खेलमा तीन मा जित र एक मा पराजित हुँदै छ अङ्कको साथ दोस्रोे स्थानमा रहेको छ भने वागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
वागमतीले बाँकी दुई खेल जित हात पारे पनि समुह चरणबाटै बाहिरिने छ । सुदुर पनि सेमिफानमा नजिक पुगेको छ । अव पुलिसले बाँकी रहेको दुई खेलमा लुम्बिनी र बागमतीलाई भारि मतान्तरमा जित निकाले मात्र सुदूर प्रतियोगिाबाट बाहिरिने छ ।
टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ११७ रनमा सीमित भयोे । वागमतीका लागि शुभ कन्साकारले ३४ बलमा तीन छक्का र चार चौका प्रहार गरी ४१ रन बनाउँदा रविन जोशीले ३१ रनको योगदान दिए ।
सुदूरका प्लेयर अफ द म्याच नारायण जोशीले दुई ओभर बलिङ गर्दै नौ रन दिएर तीन विकेट लिँदा नरेन साउदले दुई विकेट लिए ।
जवाफमा ११८ रनको लक्ष्य पाएको सुदूरले १९ दशमलव दुई बलमा आठ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सुदूरको जितमा नरेन भट्टले ३० रन बनाउँदा दिपक वोहोराले २२ रन, किरण ठगुन्नाले २१ रन र नारायण जोशीले १६ रनको योगदान दिए । वागमतीका गौतम केसीले तीन विकेट लिँदा विपिन आचार्य र इशान पाण्डेले दुई÷दुई विकेट लिए ।
दोस्रो खेलमा एपिएफले घरेलु टोली कोशी प्रदेशलाई चार विकेटले पराजित गरेको छ । एपिएफसँग पाराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा तीन खेलमा एक मा जित र दुई मा पराजित कोशीले दुई अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।
कोशीले लिगको अन्तिम खेल मङ्गलबार आर्मीसँग खेल्ने छ भने एपिएफले प्रतियोगितामा पहिलो जितको स्वाद दिएको छ । दुई खेलमा एक मा जित र एकमा पराजित भएको एपिएफ दुई अङ्कका साथ तालिकामा चौथो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ११७ रनको योगफल तयार पारेको थियो । कोशी विकेट किपर सोनु अन्सारीले ३१ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ४३ रन बनाउँदा अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए । एपिएफका प्लेयर अफ द म्याच भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद दुई÷दुई विकेट लिए ।
जवाफमा ११८ रनको लक्ष्य पछ्याएको एपिएफले १८ दशमलव पाँच बलमा छ विकेट गुमाई लक्ष्य पार गरेको थियो । एपिएफकोे जितमा पूरन विकले ३६ रन, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । मधेशका फिर्दोस अन्सारीले चार ओभरमा १६ रन दिएर तीन विकेट लिँदा दिपेश कँडेलले एक विकेट लिए ।
मङ्गलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मी तथा दोस्रो खेल वागमती र गण्डकीविच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।
गण्डकीको कप्तान विपिनलाई कारवाहि
गण्डकीको कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारवाहीमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिसका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट नदिए पछि खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको भने पछि विपिन कोड अफ कन्डकट लेव टु अनसनर कारवाहिमा परेका हुन् ।
म्याच रेफ्रि महमद सफिकले उनलाई म्याच फिको सय प्रतिशत र तीन डिमेरि प्वाइन्ट दिएका छन् । उनले अव १८ महिना भित्र क्यानले मान्यता दिए प्रतियोगितामा एक डिमेरि प्वाइन्ट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको एक खेल प्रतिबन्ध हुने म्याच रेफ्रि सफिकले बताए ।–––