विराटनगर । विराटनगरस्थित कान्तिपुर स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस आज यहाँ भव्य कार्यक्रमको आयोजना गरि मनाएको छ ।
जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालयहरुले ध्यान दिनुपर्ने बताउनु भयो ।
विद्यार्थीहरुलाई व्यवहारिक शिक्षासँगै आजको आवश्यकता नैतिक शिक्षा भएको बताउँदै त्यसतर्फ विद्यालयहरु जानुपर्ने उहाँको विचार रहेको थियो ।
प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुलाई सिप, संस्कार र नैतिक शिक्षासँगै प्रविधिसँग जोडेर गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनु भयो ।
हिसान मोरङ अध्यक्ष अमित ढकालले विद्यालय, विद्यार्थी र अभिभावकले त्रिकोणात्मक र समन्वयात्मक भूमिका निर्वाह गरेमा शिक्षा क्षेत्रले फट्को मार्ने विचार राख्नु भयो ।
कान्तिपुर स्कुलका प्राचार्य भुवन नेपालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण कान्तिपुर सबैको रोजाइमा पर्दै गएको जानकारी दिनु भयो ।
नयाँ व्यवस्थापकीय टिम आएपछि विद्यालयलाई नयाँ उचाइमा पु¥याउन सफल भएको उहाँको भनाई रहेको छ ।
विस २०७२ सालमा नयाँ ब्यवस्थापनको टिम आएर विद्यालय चलाउन थालिएको हो ।
सुरुवाति चरणमा धेरै समस्या भयो । गुणस्तरीय शिक्षा प्रदान गरेपछि विद्यार्थी र अभिभावको रोजाइमा पर्दै भयो । अहिले बिद्यार्थीको अनुपात बढदै भएको छ,– प्रिन्सिपल नेपालले भने, ‘१४ जनाको समूह रहेको कान्तिपुर फाउन्डेसनद्धारा संचालन रहेको विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म दुई हजार ५१६ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।’
शैक्षिक उन्नयको कार्यमा कान्तिपुरको उत्कृष्ट रहेको उनको दाबी छ ।
प्राचार्य नेपालले अतिरिक्त क्रियाकलापमा पनि कान्तिपुर सबै अगाडी रहेको बताए ।
कान्तिपुर स्कुलका सहायक प्राचार्य देबिलाल महतोले गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी नराखेको बताउनु भयो । । कान्तिपुर फाउन्डेसनको अध्यक्ष खुसिराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर महानगरका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराई र स्कुलका निर्देशक शंकर काफ्m्लेले गुणस्तरीय शिक्षा दिनु विद्यालयको उद्देश्य रहेको बताउनु भयो ।
सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।