विराटनगर, २० माघ ः कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले जनप्रतिनिधि आम नागरिकको सुखदुःखमा साथ रहनु पर्ने बताउनु भएको छ ।
विराटनगर महानगरपालिका वडा नं ६ द्वारा आज आयोजित निःशुल्क स्वास्थ्य शिविर समापन समारा्ेहमा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले जनप्रतिनिधिहरुले आम नागरिकको सेवा सुविधामा ध्यान दिनु पर्ने भन्दै नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराउन पनि जनप्रतिनिधिले सहयोग गर्नु पर्ने धारणा राख्नु भयो ।
उहाँले भत्रुभयो ,‘ स्वस्थ्य नागरिक बनाउने अभियानमा जनप्रनिधिले विशेष चासो राख्नु पर्छ, स्वस्थ नागरिकविना प्रदेशको विकास हुन सक्दैन ।’
उहाँले प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार शुरु गरिसकेको जानकारी दिँदै आर्थिक अभावमा यस प्रदेशका कुनै नागरिकलाई मृत्यु हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।
विराटनगरमा देखिएको खानेपानीको समस्या समाधानका लागि रु पाँच अर्बको योजना सम्झौता भइसकेको र अब आउँदो आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलब्ध गराउने मुख्यमन्त्री कार्कीले थप प्रतिबद्धता जनाउनु भयो ।–––