सिमसार दिवस– जमिन लुक्दैन र पानी सक्दैन

Logo
Nav Nepal आइतबार, माघ २१, २०८०

राष्ट्रिय समाचार समिति(रासस)
विराटनगर, २०ः ‘ सिमसार र मानव कल्याण’ प्रमुख नाराकासाथ विश्व सिमसार दिवस–२०८० मोरङको पथरीमा विभित्र कार्यक्रमकासाथ आज सम्पत्र भएको छ ।
डिभिजन वन कार्यालय र शान्ति सामुदायिक वन उपभोक्त्ता समूह पथरी शनिश्चरेद्वारा आयोजित सो कोशी प्रदेशका वन, पर्यटन तथा वतावरण मन्त्री गणेश उप्रेतीले पर्यावरणलाईलाईल स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण एवं सम्बद्र्धन हुनु पर्ने बताउनुभयो ।
उहाँले सिमसार क्षेत्र आय आर्जनका माध्यम भएकाले यसको दोहन होइन संरक्षण हुनु पर्छ भन्दै जङ्गल र जङ्गलसँग जोडिएको सिमसारले पृथ्वीलाई सङ्कट हुनबाट बचाउने कुरामा जोड दिनुभयो ।
मन्त्री उप्रेतीले सिँचाईको मूल श्रोतको रुपमा रहेको सिमसारले जलचर तथा उभयचरलाई प्राण दिइरहेको चर्चा गर्दै यसको संरक्षणमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको जानकारी दिनुभयो ।
वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्राकृतिक सम्पदा सिमसारलाई दिगो रुपमा संरक्षण गरी यसबाट लाभ लिन सक्नु पर्ने बताउनुभयो ।
उहाँले भत्रुभयो,‘ जमिन लक्दैन, पानी सुक्दैन’ त्यसैले सिमसारको महत्व छ ।’ र भत्रुभयो,‘ प्रकृतिलाई बचाउन सकिएन भने भावी सन्ततिले प्राकृतिक सङ्कट व्यहोर्छ ।’
पथरी शानिश्चरे नगरपालिकाका प्रमुख मोहनबहादुर तुम्बापोले सिमसारले गर्दा प्राकृतिक प्राणीहरुलाई बाच्न एवं चरण गर्न सजिलो हुने भएकाले यसको संरक्षण एवं प्रवद्र्धन गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने कुरामा जोड दिनुभयो ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरे र झापा डिभिजनका प्रमुख मेघराज रायले पाँच प्रतिशत सिमसारले ओगटेको हाम्रो भूभागलाई प्राकृतिक सौन्दर्यता दिन सिमसारले महत्वपूर्ण कार्य गरिरहेको छ भत्रुभयो ।
शान्ति सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङले यो सिमसारले आन्तरिक पर्यटकलाई रमाउनकासाथै रोजगार पनि सिर्जना गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा चित्रकला प्रदर्शनीका साथै पर्यावरण सम्बन्धमा विद्यालय स्तरीय विद्यार्थीहरुले गरेका क्रियाकलापमा आयोजकले प्रमाणपत्र पनि वितरण गरेको थियो ।–––

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077