विराटनगर, २२ माघ ः ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मूल मर्म’ प्रमुख नाराका साथ २६ औँ स्थापना दिवस प्रेस चौतारी नेपाल मोरङ शाखाले आज एक समारोहको बीच सम्पत्र गरेको छ ।
सो कार्यक्रममा पूर्वी मोरङको ग्रामीण क्षेत्रमा कार्यरत रेडियो पत्रकार रञ्जना अधिकारीलाई कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता रु.१५ हजार ५०० राशिको पुरस्कार पनि प्रदान गरियो ।
सो अवसरमा नेकपा एमाले स्थायी कमिटिका सदस्य एवं केन्द्रीय प्रकाशन तथा प्रसारण विभागका प्रमुख राजेन्द्र गौतमले चौतारीको घोषित आदर्श र लक्ष्य हासिल गर्न यसमा आवद्ध पत्रकारहरुले लागिपर्नु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले स्रोतको सुनिश्चितता र पूँजीको अभावमा आमसञ्चार क्षेत्र धराशायी भइरहेको चर्चा गर्दै छिटो सूचना विकासमा भएको परिवर्तनले गर्दा पनि सञ्चार क्षेत्र सङ्कटमा परेको बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले समाजवादको आधार निर्माण गर्न सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण छ भत्रुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले संस्थाको पवित्र उद्देश्य पूरा गर्न यस क्षेत्रमा पनि शुद्धीकरण हुनु पर्ने बताउनुभयो ।
प्रेस चौतारी नेपाल मोरङ शाखाका अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका युवा नेता विनोद ढकाल, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव विवेक गौतम, पेस चौतारी नेपाल कोशी प्रदेशका अध्यक्ष अविजाल विष्ट र शाखाका उपाध्यक्ष चीना थापाले पनि बोल्नु भएको थियो ।–––