नेपालको पत्रकारिता क्षेत्र  लोकतन्त्रको जग भएको –मुख्यमन्त्री कार्की 

Logo
Nav Nepal बुधबार, बैशाख १९, २०८१
विराटनगर,१९ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र  लोकतन्त्रको जग भएको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको दुई दिने तेस्रो अधिवेशन एवं मिडिया सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले पत्रकारले लोकतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र कलमलाई निरन्तरता दिई यसको जर्गेना गर्नु पर्ने जिम्मेवारी रहेको विचार राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारलाई खवरदारी गर्ने र समाजलाई सकारात्मक बाटो लैजानु पत्रकारको दायित्व भएको बताउनु भएको छ।
प्रजातन्त्रमा पत्रकारको भूमिका महत्वपूर्ण र अपुरणीय रहेकोले यसलाई राष्ट्रको चौथो अङ्गको रुपमा परिभाषित गरिएको विचार उहाँले राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो –विकासलाई जनताको समृद्धिसँग जोड्न पर्छ भनरे प्रदेशका गरीव एवं जेहेन्दार विद्यार्थीहरुलाई  चिकित्सक , इन्जिनियर लगायत विविध क्षेत्रमा   निःशुल्क अध्ययनका लागि बजेट एवं कार्यविधि तयार गरेको  छु ।
मुख्यमन्त्री कार्कीले मध्यावधि निर्वाचन रोक्नका लागि  विधान भन्दा माथि संविधानको प्रयोग गरेर आफु मुख्यमन्त्री भएकाले संविधानले दुई वर्षसम्म विश्वास मत लिनु पर्देन भनेर किटान गरेको दावी गर्नु भयो ।
प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले संचारकर्मीहरुले सरकारले गरेको असल कामको प्रशंसा र खराव कामको खवरदारी गर्नु पर्छ भन्दै सञ्चार क्षेत्रको विकास र पत्रकारको वित्ति विकासमा सरकारको साथ सहयोग रहने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
महासंघकी केन्द्रीय उपाध्यक्ष  बाला अधिकारीले आर्थिक समस्याले ग्रस्त सञ्चारकर्मीहरु संचार क्षेत्रबाट पलायन हुने कार्यलाई रोक्न महासंघको नेतृत्व संवेदनशील हुनु जरुरी रहेको धारणा राख्नु भयो ।
महासंघ प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, प्रदेश उपाध्यक्ष हिमाकुमारी चेम्जोङ्ग,नेपाल आदिवासी जनजाति पत्रकार महासंघका प्रदेश अध्यक्ष  सन्तविर लामा, नेपाल प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुईटेल, प्रदेश उपाध्यक्ष सुमन पुरी, नेपाल प्रेस यूनियनका प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला,महासंघका केन्द्रीय सदस्यद्वय अमर खडका, इकवाल अहमद, प्रदेश समितिका सल्लाहकार मोहनकाजी न्यौपाने, अनिता वराल, गिरिराज भट्टराई  र महासंघ प्रदेशका महासचिव विवेक गौतमले संचारकर्मीलाई निर्धारण गरिएको न्यूनतम पारिश्रमिक  कार्यान्वयन हुनुपर्ने , पत्रकारको सुरक्षाप्रति सरकार संवेदनशील हुनुपर्ने धारणा राख्नु भएका थिए ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077