प्याब्सन स्पोर्टस मिट

Logo
Nav Nepal सोमबार, माघ २२, २०८०

विराटनगर २२ माघ । विराटनगरमा १३ औं प्याब्सन स्पोर्टस मिट माघ २६ गतेदेखि हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्पोर्टस मिटबारे जानकारी गराएको हो ।

‘राष्ट्रको खेलकुद विकासका लागि, स्वास्थ्य र सभ्य समाजका लागि प्याब्सन स्पोर्टस मिट’ भन्ने मूल नाराका साथ खेलकुद कार्यक्रम गर्न लागेको बताउँदै, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले भने, ‘औपचारिक शिक्षासँगै विद्यार्थीहरुको व्यक्ति विकास गर्ने उद्देश्यले पनि खेलकुदलाई समायोजन गरिएको हो । खेलकुदले विद्यार्थीहरुको व्यक्तित्व विकास गर्नुका साथै एउटा असल समाज निर्माण गर्दै उत्कृष्ट खेलाडीको प्रतिभालाई बाहिर ल्याउनु पनि हो ।’

विश्वमा सैद्धान्तिक ज्ञानलाईभन्दा प्रयोगात्मक सिकाइ प्रक्रियालाई बढी मात्रामा महत्व दिइन्छ । यसका साथ साथै खेलकुद पनि मानव जीवनको एक अभिन्न पाटो बन्न पुगेको बताउँदै, अध्यक्ष सुवालले भने, ‘प्रतियोगितामार्फत खेलका सैद्धान्तिक पक्षका बारेमा मात्र नभएर प्रयोगात्मक विधिमार्फत ज्ञान हासिल हुन्छ । भविष्यमा खेलाडी हुने लक्ष्य लिएका विद्यार्थीहरूका लागि प्रारम्भिक खुड्किलो हुने विश्वास लिइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्ने खेलाडी उत्पादन गरी राष्ट्रप्रति समर्पित गर्ने उद्देश्यका साथ २०६३ सालदेखि प्रत्येक वर्ष प्याब्सन मोरङले जिल्ला स्तरीय खेलकुद सञ्चालन गर्दै आएको हो ।’

माघ २६ देखि २८ गतेसम्म विराटनगरमा हुने प्रतियोगितामा मोरङका २ सय १० वटा प्याब्सन आवद्ध विद्यालयका ३ हजारभन्दा बढी विद्यार्थीबीच भलिबल, फुटबल, टेबलटेनिस, बास्केटबल र म्याराथनका इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब १५ लाख लाग्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077