धौंखल वंशको १७ औं भेला – सात जना सम्मानित

Logo
Nav Nepal शनिबार, बैशाख २९, २०८१

विराटनगर । झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवार गर्ने श्रेष्ठ सामुदायको धौंखल वंशको १७ औं भेला विविद्य कार्यक्रम आयोजना गरी मनाएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित पदम कुमार श्रेष्ठको घरमा विविद्य कार्यक्रम आयोजना गरी वंश भेला सम्पन्न भएको हो ।
प्रत्येक वर्ष अक्षयतृतियाको अवसर पारेर धौंखल वंश सेवा समितिले कार्यक्रम आयोजना गरी मनाउने गरेको छ । सोही अवसरमा आयोजित कार्यक्रममा सात जनालाई सम्मान गरेको छ । धौंखल वंश सेवा समितिलाई जग्गा दान गर्ने र एक लाख भन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको संस्थाका अध्यक्ष पदम कुमार श्रेष्ठले जानकारी दिए । धौंखल वंश सेवा समितिको नाममा मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्लामा एक कठ्ठा जग्गा उपलब्ध गराउने टेक बहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । यसैगरी एक लाख भन्दा बढी धौंखल वंश सेवा समितिलाई सहयोग गर्नुहुने उर्लाबारी ५ का हरिराज श्रेष्ठ, गौरदह नगरपालिका १ का कृष्ण बहादुर श्रेष्ठ, गौरदह ४ का गणेश बहादुर श्रेष्ठ, बेलबारी १० डाँगीहाटका डम्बर बहादुर श्रेष्ठ र दमक नगरपालिका १० का इन्द्र बहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । यसैगरी धौंखल वंश सेवा समितिका सल्लाहकार कालिदास श्रेष्ठलाई पनि सम्मान गरिएको छ । सम्मानित भएका व्यक्तिहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
सोही अवसरमा धौंखल वंशावली पुस्तक पनि बिमोचन गरिएको छ । उक्त पुस्तकमा धौंखल वंशको इतिहास समेटिएको पुस्तक रहेको छ ।
कार्यक्रममा बोल्दै धौंखल वंश सेवा समितिका निर्वतमान अध्यक्ष डम्बर बहादुर श्रेष्ठले धर्म, संस्कृतिको संरक्षण र जगर्नेमा सबै जानुपर्नेमा जोड दिए । कार्यक्रममा धौंखल वंश सेवा समितिका संस्थापक अध्यक्ष हरीराज श्रेष्ठ, वर्तमान अध्यक्ष पदम कुमार श्रेष्ठ, कोषाध्यक्ष शम्भू श्रेष्ठ, सल्लाहकारहरु कालिदास श्रेष्ठ, रमेश श्रेष्ठ, महोन श्रेष्ठ, अक्षयकोष निमार्ण समितिका संयोजक हरी श्रेष्ठ, पुस्तक निमार्ण समितिका सदस्य भिम श्रेष्ठलगायले बोलेका थिए । कार्यक्रममा झापा, मोरङ, सुनसरी र ताप्लेजुङ्गमा बसोवास गर्ने धौंखल वंशावलीका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त संस्थामा ६५ घरका पाँच सय बढी सदस्यहरु आवद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077