लघुवित्तले ऋणीलाई सिप सिकाउनु पर्छ– नेकां नेता डा कोइराला

Logo
Nav Nepal मंगलबार, माघ २३, २०८०

विराटनगर,२३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लघुवित्तले आफ्ना ऋणीलाई शिप सिकाउनु पर्ने बताउनु भएको छ।
जिवन विकास लघुबित्त संस्था लिमिटेड सहित कोशी प्रदेशमा रहेका आठ लघुबित्तले सदस्यको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा आज यहाँ आयोजित छलफल कार्यक्रमको उद्घाटन गर्दै उहाँले आजको समयको माग र आवश्यक्ता अनुसारको लघुवित्तले ऋणीलाई शिप तथा उत्पादन सामानको बजारसम्मको सहज पहुँच पु¥याउनु पर्ने धारणा व्यक्त्त गर्नु भयो ।
नेता डा कोइरालाले लघुवित्तले विना धितो ऋण लगानी गर्नु पर्ने चर्चा गर्दै ऋणको सदुपयोग के कस्तो भएको सम्बन्धमा आवश्यक अनुगमन गर्नुपर्ने विचार राख्नु भयो ।
उहाँले लुघवित्त मुलुकको लागि आवश्यक भएको बताउँदै यसबाट दुर्गम तथा ग्रामीण क्षेत्रका विपन्न वर्गका महिला एवं कृषकले स्वरोजगार हुन सहयोग प्राप्त गरेको बताउनु भयो ।
संघीय सांसद योगेन्द्र मण्डलले लुघवित्तले मुलुकमा ठूलो रोजगारी उपलव्ध गराएको बताउनु भयो ।
प्रदेशका पूर्वमन्त्री गयानन्द मण्डल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार , जिवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल र रिता चौधरी लगायतले नेपाल राष्ट्र बैंकले सहुलियत दरमा लघुवित्तलाई ऋण उपलव्ध गराउनु पर्ने सुझाव दिनु भयो ।
नेपालमा रहेका लुघवित्तमा ५९ लाख सदस्य रहनुका साथै २३ लाखले विभिन्न कार्यका लागि ऋण लिएका छन् । यसैगरी लघुवित्तले रु चार खर्व ३५ अर्व ऋण प्रवाह गर्नुका साथै रु एक खर्व बचत रहेको सोही अवसरमा जानकारी दिइयो–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077