पोलियो खोप

Logo
Nav Nepal सोमबार, जेठ ०७, २०८१

विराटनगर, ७ जेठ ः मोरङमा यसवर्ष ५२ हजार ३५२ बालबालिकालाई आइपिभी खोप खुवाउने अभियान सञ्चालन हुने भएको छ । सो अभियान जेठ १३ गते देखि २६ गतेसम्म सञ्चालन हुने छ ।
जनस्वास्थ्य कार्यालय मोरङद्वारा आइपिभी खोप अभियान –२०८१ सम्बन्धी जानकारी दिने उद्देश्यले आज यहँ आयोजित सञ्चारमर्की र सरोकारवालहरुसँगको छलफलमा सो जानकारी दिइएको हो ।
सो अवसरमा जनस्वास्थ्य प्रमुख डा सुरेश मेहताले विश्वबाट पोलियो निवारण गर्ने उद्देश्यलाई पूरा गर्न यो खोप सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
स्वास्थ्य निदेशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले २०७३ वैशाख देखि २०७५ असोजसम्ममा पोलिया खोप खुवाउन छुटेका बालबालिकालाई यो खोप खुवाउने र यसका लागि मोरङमा ६७२ वटा केन्द्र निर्धारण गरिएको छ ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077