भ्रष्टाचार नियन्त्रण र सुशासन कायमबाट समृद्धि आउने–राप्रपा नेपाल अध्यक्ष थापा

Logo
Nav Nepal मंगलबार, माघ २३, २०८०
मोरङ,२३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि  सुशासन कायम गरेमा समृद्धि आउने बताउनु भएको छ।
सो पार्टीद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको धारणा राख्नु भयो ।
अध्यक्ष थापाले हिन्दु  राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ स्थानीय तहको लागि  पार्टीले आन्दोलनको घोषणा गर्ने बताउनु भयो ।
कुमार ढकाल र माधव थापाले सरकारले भ्रष्टचार नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने सुझाव दिनु भयो ।
सो अवसरमा अध्यक्ष थापाले नेकपा माओवादी केन्द्र, राप्रपा एवं अन्य विभिन्न पार्टी परित्याग गर्नेलाई स्वागत गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077