विराटनगर, ८ जेठ ः नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस मुलुकको समस्याको गहिराईमा नगई सत्ताको मोहमा मात्र रुचि देखाएको आरोप लगाउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु हो भत्रुभयो ।
अध्यक्ष ओलीले नेपालको संविधान जारी गर्ने समयमा ठूला राजनीतिक दलहरुबीचको भएको एकता, सहकार्य र सहमतिलाई अहिले नेपाली कांग्रेसले तोडेको बताउँदै कांग्रेसले विकास र सहकार्यमा रुचि राख्नु पर्ने सुझाव दिनुभयो ।
राष्ट्रलाई एकठाउँमा ल्याउन स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने भन्दै अध्यक्ष ओलीले भत्रुभयो,‘ म जे भन्छु त्यही हुनु पर्छ भत्रे मानसिकता नेपाली कांग्रेसले त्याग्नु पर्छ ।’
राजनीतिक स्थायित्व र राजनीतिक स्थिरताका लागि सहमति, सहकार्य र एकताको आवश्यकता अहिले पनि रहेको धारणा राख्दै अध्यक्ष ओलीले भत्रुभयो, ‘ एकछिन सत्तामा नहुँदा छटपटाई रहनु पर्दैन ।’
उहाँले संसदमा देखिएको गतिरोध हटाउन नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नु पर्ने कुरामा जोड दिनुभयो ।–––