बजेट समग्रमा फलदायी

Logo
Nav Nepal मंगलबार, जेठ १५, २०८१
विराटनगर,१५ जेठ  ः सङ्घीय सरकारले आज सार्वजनिक गरेको वार्षिक बजेट समग्रमा देश र जनताका निम्ति फलदायी रहने अनुमान गरिएको छ ।
सरकारका अर्थमन्त्री वर्षमान पुनले लगभग दुई घण्टा वाचन गर्नु भएको आर्थिक वर्ष २०८१÷८२ बजेटमा  यस क्षेत्रका उद्योगी व्यापारीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
बजेटमा प्रधानमन्त्री छोरी कार्यक्रममा सरकारले पहिलो पटक विनियोजन गरेको रु १० करोडले देशभरमा हिंसामा तथा  विपद्मा परेका गरिब एवं विपत्र महिलाको राहत एवं उद्धारमा खर्च गर्नु सरकारको निर्णय सराहनीय छ उहाँहरुको भनाई छ ।
बजेटको कार्यान्वयन पक्षमा सरकारले विशेष ध्यान दिएमा सरकारले घोषणा गरेको कार्यक्रम र योजना पूरा हुने उहाँहरुको भनाई थियो ।
सरकारले उत्पादन एवं निर्यात बढाउन र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन कृषिको विकासका लागि  एक दशक घोषणा कार्यक्रमले समग्र देशको आर्थिक सुधारमा कोशे ढुङ्गाा सावित हुने भनिएको छ ।
विराटगरमा  निर्माणाधीन  अवस्थामा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला गौरवको योजनामा राख्नुले यस क्षेत्रमा खेलकुद र पर्यटन विकासमा मद्दत पुग्ने उहाँहरुको विश्वास छ ।
  मोरङ सुनसरी क्षेत्रका उखु किसानलाई प्रोत्साहन गर्ने सरकारको निर्णयले उखु कृषक र उखुसँग आवद्ध चिनी कारखानामा काम गर्ने मजदुरको जीवन स्तरमा सुधार आउने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको भनाई छ ।
उहाँले भत्रुभयो, ‘ कोशीलाई औद्योगिक हव, विराटनगरमा गिरीजाप्रसाद कोइराला क्रिकेट रंगशाला,आर्थिक सुधार आयोग, पर्यटकीय गन्तव्य प्रोफाइल तयार परिने जस्ता कुरा आउनु बजेटको निकै सकारात्मक पक्ष हो ।’
उहाँले केही तयारी वस्तुको पैठारी महसुल र अन्तःशुल्क  वृद्धि गरिने कार्य सकारात्मक  देखिए पनि विराटनगरले वर्षौँ देखि माग गर्दै आएको औद्योगिक  क्षेत्र, प्रदर्शनी केन्द्र र चक्रपथ बारेमा वजेट मौन देखिएकोमा गुनासो व्यक्त्त गर्नु भयो ।
अध्यक्ष राउतले भत्रुभयो, ‘ वजेट चुनौतीपूर्ण रहेको छ र यसको सफल कार्यान्वयन स्थिर सरकारको आवश्यकता पर्छ ।’
मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले आलु, प्याज ,फलफूल र स्याउमा भ्याट हटाउनु स्वागत योग्य भएको चर्चा गर्दै औद्योगिक विकास र उद्यमशीलताका लागि छुट्याएको बजेटको कार्यान्यवन पक्ष कस्तो हुन्छ हेर्न बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बजेटमा विकासका   रु तीन खर्ब राखिए पनि यो रकम न्यून भएको र यसलाई वृद्धि गर्न सरकार लागि पर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले सरकारले कृषिलाई  लगानी दशकको रुपमा घोषणा गर्नु , १६ लाख पर्यटकहरुलाई भित्र्याउने, स्टार्टअप वोर्डको गठन, सीपमूलक तालीम,  विद्यालयमा खुवाउने खाजा स्थानीय उत्पादनको प्रयोग जस्ता राम्रो कार्यक्रम रहेको प्रतिक्रिया दिनु भयो ।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडाले वर्तमान वजेटले मुलुकको समग्र विकासमा सहयोग पु¥याउने बताउँदै विराटनगर जुट मिलका  पुरानो प्रविधिलाई हटाई नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिनु भयो ।
सरकारले हेलमेट लगायतका उद्योग स्थापनामा सहुलियत दिने व्यवस्थाले उद्योग स्थापनामा सहयोग पुग्ने उहाँले धारणा राख्नु भयो ।
मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले रु १२ खर्ब राजश्व असुली गर्ने लक्ष्य चुनौति पूर्ण छ भन्दै कृषि, पर्यटक, विद्युत, शिक्षा तथा विज्ञानमा वजेट खर्च हुनु राम्रो हो भत्रुभयो ।
मदिरा ,सूर्तिजन्य पदार्थ वाहेक अन्य औद्योगिक उत्पादनमा अन्तःशुल्क वृद्धि भएमा स्वेदेशी उत्पादनमा मुल्य वृद्धि भई तस्करीलाई प्रोत्साहन हुने भएकोले  उद्योगीहरुको विरोध रहने उहाँले वताउनु भयो ।
अर्थविद प्राडा वेदराज आचार्यले वजेटको सैद्धान्तिक पक्षा राम्रो छ यसलाई मूर्तरुप दिन चाहिने आर्थिक स्रोतमा  अत्यन्त ठूलो दवाव रहने प्रतिक्रिया दिनुभयो ।
वर्तमान बजेटले अनुत्पाक क्षेत्रको खर्च कटौती गरी उत्पादनशील क्षेत्र, कृषि र सिँचाई क्षेत्रमा खर्च वृद्धि गरिएमा बजेटले आशातित फल प्राप्त गर्न सकिने विश्वास पनि व्यक्त्त भएको छ । –––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077