विराटनगर, १७ जेठ ः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरेको बताउनुभएको छ ।
विराटनगर महानगरपालिका स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजित श्रमाधान रोजगार मेलालाई आज शुभकामना दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।
विदेश पठाउने मन्त्रालयको रुपमा चिनिने यो मन्त्रालय भाष्यलाई अन्त्य गर्नु आवश्यक रहेको भन्दै मन्त्री अर्यालले रोजगारदाता र रोजगारीमा लाग्ने युवाहरुको बीचको दूरी हटाउन यो मेला फलदायी हुने विचार व्यक्त्त गनुृभयो ।
उहाँले विदेश पठाउने एजेन्टहरुले घर÷घरमा पुग्ने र तर स्वदेशमै रोजगार छ नभत्रे कुरालाई अन्त्य गर्न पनि श्रमाधान मेलाले मद्दत गर्ने भन्दै मन्त्रालयले वैदिश रोजगारलाई व्यवस्थित गर्न र स्वदेशमै रोजगार दिन आवश्यक सल्लाह र सुझाव आदानप्रदान गर्न श्रमाधान कल सेन्टर स्थापना गरेको जानकारी दिनुभयो ।
उहाँले तीनवटै तहका सरकार तथा निजी क्षेत्र मिलेर रोजगार सिर्जना गर्नु पर्ने धारणा राख्दै स्वदेशी उद्योगमा विदेशी कामदार हुने र स्वदेशी कामदार विदेश जाने प्रवृतिलाई चिर्न पनि यो मेला सहयोगी हुने धारणा राख्नुभयो
उहाँले यो मेला सातवटै प्रदेशमा आयोजना हुने पनि जानकारी दिनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पूँजी कमजोर भएकाले रोजगारको सिर्जना कम भएको कुरामा जोड दिनुभयो ।उहाँले भत्रुभयो ,‘ पूँजी कमजोर भएका कारण उद्योगहरु फस्टाउन सकेनन र रोजगार पनि सिर्जना भएनन् ।’
बैंकको चर्को ब्याज र कोभिडका कारण थाला परेका उद्योगलाई फस्टाउन सरकारले आवश्यक नीति बनाउनु पर्ने सुझाव दिँदै मुख्यमन्त्री कार्कीले समाजवादको नारालाई पूरा गर्न राष्ट्रिय पूँजी बलियो बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले विरानगरको जोगबनी देखि उत्तर चीन जोड्ने किमाथांका बाटो निर्माण भएमा हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना हुने भन्दै उद्योगीहरुको हँसिलो अनुहार नभएसम्म रोजगार सिर्जना गर्न समस्या हुने बताउनुभयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव घनश्याम उपाध्यायले मुलुकमा थुप्रै रोजगारको अवसर हँुदाहुँदै पनि रोजगारदाता र रोजगारी खोज्नेका बीच दूरी घटाउन मेला आयोजना गरेको जानकारी दिनुभयो ।
ञनेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी वातावरण सिर्जना भएमा रोजगारीको समस्या त्यसै समाधान हुने भन्दै निजी क्षेत्रको विकास गर्न सरकारबाट भएका काम सराहनीय छ भत्रुभयो । राजस्व वृद्धिमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहने भएकाले स्वदेशी लगानीलाई सरकारले प्राथमिकता राख्नु पर्ने उहाँको भनाई थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले पनि देशमा सबै भन्दा बढी रोजगार निजी क्षेत्रबाट नै उलब्ध भइरहेको बताउँदै सरकारले निजी क्षेत्रको मागमा गम्भीर बत्रुपर्ने धारणा राख्नुभयो । तीन तहकै सरकार आयोजक रहेको मेलामा निजी क्षेत्रले संयोजन गरेको र भोलिसम्म चल्ने मेलामा ५० वट स्टल रहने बताइएको छ ।–––