विराटनगर,१९ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताउनु भएको छ।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी लि संस्था द्वारा आज यहाँ आयोजित सहकारी संस्थाहरुको सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकार ग्यारेन्टी वसेर मझौला तथा उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादनवाट रोजगार सिर्जना हुनका साथै कच्चा पदार्थको खरीदका लागि जाने विदेशी मुद्रा समेत बचत हुने बताउनु भयो ।
उहाँले भन्नु भयो ‘ गरीवी उत्थान र कृषि उत्पादनमा सरकारीको मुख्य जोड हुनु पर्छ ’।
मुख्यमन्त्री कार्कीले प्रदेशका सहकारीले जनताको आर्थिक समृद्धि कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिंदै र सरकारी संस्थामा कुनै समस्या आउन नदिनको लागि आवश्यक अनुगमनमा विशेष ध्यान दिनु पर्नेमा विचार राख्नु भयो ।
उहाँले सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकतामा राख्ने जानकारी दिनु भयो
अन्तरक्रियामा सहकारी अभियान्ता तथा स्थानीय तहका सहकारी शाखा हेर्ने कर्मचारीहरुको सहभागीता रहेको छ ।–––