विराटनगर,२५ माघ ः कोशी प्रदेश सरकार र प्रदेश नं १ पुनः नामकरण संयुक्त सङघर्ष समिति वीच आज साँझ यहाँ वार्ता सम्पन्न भएको छ।
प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगु , पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र सदस्य सचिव आन्तरिक मामिला तथा कानुनमन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल र संयुक्त सङ्घर्ष समितिका सदस्यहरु वीच वार्ता सम्पन्न भएको छ।
वार्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संयोजक मन्त्री जवेगुले बार्ताको सुरुवात भएको छ, सङ्घर्ष समितिहरुसँग साझा सहमती कायम गरि प्रदेश सरकारलाई सिफाशि गर्ने बताउनु भयो ।
उहाँले वार्ता आउने साझा निश्कर्ष प्रदेश सरकारले प्रदेश सभामा टेवल गरी नामकरणका विषयमा के गर्ने भन्ने टुङ्ग्याउने स्पष्ट पार्नु भयो ।
पुनः नामकरण सङघर्ष समितिका वरिष्ठ सदस्य युवराज राईले सरकारसग आजको वार्ताको विषयहरुमा प्रदेशको नाम खारेजी , आन्दोलनको माग अनुसार पुनः नामकरण,आन्दोलनको क्रममा घाइते तथा झुठा मुद्दामा फसाइकाहरुको उपचार र क्षतिपूर्ति विषयमा सकारात्मक कुरा भएको जानकारी दिनु भयो ।
उहाँले सरकारी पक्षवाट केही विकल्पमा कुराहरु लिएर आउनु भन्ने कुरा भएको बताउनु भयो ।
वार्तामा पहिचान सहितको प्रदेस न. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिम ,किरात याक्थुङ चुम्लुङका उपाध्क्ष गोबिन्द बहादुर आङबुहाङ, किरात राई यायोखाका उपाध्यक्ष युबराज राई, नेपाल आदिबासी जनजाति महासंघका महासचिब दिवस राई र नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा सहभागी हुनुहुन्थ्यो ।
यसैगरी अन्य सहभागीहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका अध्यक्ष कुमार लिङदेन मिराक, लिम्बु संघ समाजबादी उपाध्यक्ष पदम लिम्बु , किराँती राष्ट्रिय मोर्चाका महासचिव अर्जुन जमेली राई, .लिम्वुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती ,राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्दल्रीय महासचिव चन्द्र कुमार चौधरी हुनुहुन्थ्यो । वार्ता पुनः शुक्रवार ८ बजेबस्ने निर्णय भएको छ।–––