नीति तथा कार्यक्रममा उल्लेखित कार्यक्रम सरकाले पूरा गर्छ –मुख्यमन्त्री कार्की 

Logo
Nav Nepal सोमबार, जेठ २१, २०८१
विराटनगर,२१ जेठ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  प्रदेश सरकारले ल्याएको  आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
प्रदेश सभामा आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रम पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले विगतका वर्षहरुको बजेटलाई समीक्षा गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरा गर्न सरकारलाई जहिले पनि दवाव रहने कुरामा जोड दिनुभयो ।
उहाँले प्रदेश सभाको पहिलो कार्यकाल समाप्त भएपछि दोस्रो कार्यंकालको यो दोस्रो बजेट हो भन्दै्र सरकारले विगतका बजेट र नीति तथा कार्यक्रमलाई पूर्णरुपमा समीक्षा गरेर ल्याएकोले यसलाई कार्यान्वयन गर्न समस्या नहुने बताउनुभयो र।
उहाँले सङ्घीय सरकारको आम्दानीको स्रोतहरु बढ्नु र स्थानीय तथा प्रदेश सरकारको आम्दानीको स्रोतहरु घट्नु खोजीको विषय हो भन्दै प्रदेश सरकारसँग उलब्ध सीमित साधन र स्रोतको बाबजुद पनि प्रदेशमा धेरै काम भएको जानकारी दिनुभयो ।
सरकारले घोषित नीति कार्यक्रमलाई पूरा गर्न धेरै कानूनहरुको आवश्कयता पर्ने र यसका लागि प्रदेश सरकार दत्तचित भएर लाग्ने भन्दै मुृख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ प्रदेशको बजेट विगतको भन्दा कम भएपनि जनताको आवश्यकता र चाहना पूरा गर्न विनियोजित हुने बजेटले धेरै ठूलो मद्दत गर्नेछ ।’
उहाँले भत्रुभयो,‘ प्रदेशको स्वच्छ, सुखी र समुत्रत भन्दा बाहिरको कुरा सोच्न पनि सक्दैनौ ।’
मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘सङ्घीयता आएको झण्डै दुई दशक भयो तर जनताले यस किसिमको अनुभूति गर्न सकेको छैन, यसका लागि सङ्घीय सरकार, स्थानीय तह र प्रदेश सरकार दत्तचित भएर लाग्नु पर्छ ’।(फोटो उपलव्ध छ)–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077