विराटनगर, २३ जेठ ः कोशी प्रदेश खेलकूद विकास बोर्डले आगामी असार ३ गतेदेखि प्रदेशस्तरीय विभिन्न खेलकुद प्रतियोतिा सञ्चालन गर्ने भएको छ।
वोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शु)द्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा चालु आव २०८१÷८१ मा वोर्ड मार्फत कार्यान्वयन हुने खेलकुदको समय निर्धारण गरि खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनु भयो ।
वोर्डले असार ३ गते पारा खेलकुद प्रयोगिता मोरङ र सुनसरी जिल्लामा,मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिवल मोरङको विराटनगरमा असार १५ भित्र ,प्रदेशस्तरीय पौडी प्रतियोगिता मोरङ र सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय महिला फुटवल प्रतियोगिता खोटाङ जिल्लामा असार ८ गतेदेखि १३ गतेसम्म,प्रदेशस्तरीय पुरुष फुटवल प्रतियोगिता तेह्रथुम जिल्लामा असार ३ गतेदेखि ७ गतेसम्म आयोजना गरिने भएको छ।
यसैगरी प्रदेशस्तरीय कवड्डी प्रतियोगिता मोरङको विराटनगरमा असार ७ गतेदेखि, महिला सेल्फ डिफेन्स तालीम तथा योजना प्रशिक्षण मोरङ,झापा र सुनसरी जिल्लाका विभिन्न विद्यालयहरुमा असार १५ भित्र, प्रदेशस्तरीय कुरास प्रतियोगता सुनसरी जिल्लामा असार १५ भित्र, प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता मोरङको विराटनगरमा असार १३ र प्रशिक्षक विकासका लागि प्रशिक्षण कार्यक्रम मोरङ र तेह्रथुममा असार १५ भित्र सञ्चालन गरिने जानकारी दिइयो ।
सदस्य सचिव बस्नेतले लामो समयमा देखि सम्पन्न हुन नसकेको खेलकुद प्रतियोगिता वाध्यताले अहिले आयोजना गर्न लागिएको र आगामी वर्षदेखि तोकिएको समयमा गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
उक्त खेलकुद प्रतियोगिता सम्पन्न गर्न रु एक करोड खर्च लाग्ने अनुमान गरिएको छ।
उहाँले मोरङको गोठगाउँमा प्रदेश सरकार, पूर्वाञ्चल विश्वविद्यालय र स्थानीय निकायको सहयोगमा एक सय विघा जग्गाका वहुउद्देश्यीय खेलकुद कम्पेक्स निर्माण गरिने जानकारी दिनु भयो ।(फोटो उपलव्ध छ)–––