विराटनगर, २४ जेठ ः कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अपराधरहित समाज निर्माण गर्न प्रहरी संगठनको भूमिका अग्रणी छ भत्रुभएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा आयोजित महिला हिंसा तथा मानव बेचबिखन विरुद्ध जनचेतनामूलक भिडियो ‘ सचेतना’ सार्वजनिकीरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रहरी संगठनविना अपराधरहित समाज निर्माण गर्न नसकिने भन्दै मन्त्री राईले प्रहरी संगठनलाईं समयसापेक्ष सुदृढ र बलियो बनाउँदै लैजानु पर्ने धारणा राख्नुभयो ।
उहाँले रातारात धन कमाउने सपना र चाहनाबाट हाम्रो समाजमा निकै ठूलो अपराध तथा घटना हुने गरेकाले यस्ता घटना र अपराध रोक्न यो भिडियो निकै फलदायी हुने भन्दै मन्त्री राईले भत्रुभयो, ‘ प्रहरी छ भनेर नै हामी शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छौँ ।’
महिला बेचबिखनको घटना निकै निन्दनीय छ भन्दै मन्त्री राईले भत्रुभयो, ‘ समाजले नरुचाएको र नचाहेको विषयमा प्रहरी गम्भीर बत्रुपर्छ ।’
प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङ्गले प्रहरी संगठन अपराध नियन्त्रण गर्न र समाजमा शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त्त गर्नुभयो ।
समाजलाई सचेत गराउन सकिने सूचना, समाचार वा भिडियो प्रहरीहरुले आफ्ना मोबाईलबाट सामाजिक सञ्जालमा व्यापक शेयर गर्नु पर्ने धारणा राख्दै प्रमुख खापुङ्गले भत्रुभयो, ‘ समाजमा एक जनालाई पनि सचेत गराउन सक्नु ठूलो उलब्धि हासिल गर्न सकिन्छ ।’
प्रहरी उपरीक्षक सुमन तिमल्सेनाले अपराध र अपराधीहरु फरक फरक कोणबाट अपराध गरेपनि प्रहरीको अनुसन्धान र कारवाहीबाट भाग्न नसकिने भन्दै प्रहरीलाई समाजले आफ्नै अङ्ग ठात्रु पर्ने सुझाव भिडियो मार्फत दिनुभएको छ ।
दश मिनेटको सो भिडियोमा प्रलोभनमा पारी युवायुवतीलाई कसरी दलालले जालमा फसाउँछ र प्रहरीले कसरी ती दलाललाई समात्न सफल हुन्छ भत्रे कुरा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ ।––––