प्रतिपक्षको मांग भएमा जवाफ दिने – गृहमन्त्री लामिछाने

Logo
Nav Nepal आइतबार, जेठ २७, २०८१

विराटनगर ,२७ जेठ । उपप्रधान एवं गृहमन्त्री रबि लामिछाने आफुले प्रतिनिधि सभामा बोलेको कुरामा प्रतिपक्षले जवाफ मांग भएमा उत्तर दिने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रतिपक्षले जवाफ दिनु पर्ने माग आएमा सम्बन्धित ठाउँमा स्पष्ट रुपमा जवाफ दिने प्रष्ट पार्नु भयो ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा आफुले कसैको नाम लिएर आरोप नलगाएको भन्दै सञ्चारमाध्यममा आएका समाचारका आधारमा बोलेको बताउनु भयो ।
उहाँले सञ्चारकर्मीहरुले आफ्नो मौलिक प्रश्न, विपद व्यवस्थापनको तयारी सम्वन्धमा जस्ता प्रश्न सोध्न आग्रह गर्दै कसैले प्रायोजित रुपमा महिनौदेखि खडा गरेको प्रश्न नसोध्न अनुरोध गर्नु भयो ।
उपपप्रधान एवं गृहमन्त्री लामिछानेले मन्त्रालयले विभिन्न विषयमा गरिरहेको अनुसन्धान सम्वन्धमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नु उचित नभएको बताउनु भयो ।
उहाँले सञ्चारकर्मीहरुलाई नयाँ प्रश्न राख्न समेत आग्रह गर्नु भयो ।
उपप्रधान एवं गृहमन्त्री लामिछाने कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन आज विहान विराटनगर आउनु भएको हो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077