नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यमको टोलि मकैको अध्ययन गर्न गुफाववागतर्फ 

Logo
Nav Nepal शुक्रबार, आषाढ ०१, २०८१
विराटनगर,३२ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सभापति डि.बि. बस्नेतको नेतृत्वमा एउटा टोलि भारत, बिहारको गुलाववाग गएको छ । मकैको खेती, व्यापार र यसको बजारीकरण, बैंक फाइनान्स आदिको विषयमा अध्ययन गर्न त्यसतर्फ गएको उक्त  टोलिलाई आज विराटनगरबाट विदाई गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतले १५ वर्षको अवधिमा विहारमा कृषिले ठूलो फड्को मारेको छ यसको सिको नेपालका कृषक, र व्यवसायीहरुले पनि गर्नु पर्ने वताउनु भयो । छिमेकी देशमा भइरहेको विकासको नमूनालाई हामीले उदाहरणका रुपमा लिएर अगाडी बढ्नु पर्ने र  भ्रमणका क्रममा  मकैको उत्पादन,  यसको खेती यसमा संलग्न व्यवसायीहरुसंगको अन्तरक्रियाबाट उठेका राय सुझावहरु मकैको व्यवसायीक खेतीका लागि प्रोत्साहन हुने विश्वास लिंदै टोलिलाई शुभकामना दिनु भएको थियो ।
यसैगरी भ्रमण टोलिलाई शुभकामना दिनु हुंदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री अविनाश बोहराले कृषिलाई आत्मनिर्भर बनाउन भारतको केन्द्रिय र राज्य सरकारले धेरै सुविधाहरु दिए चर्चा गर्दै नेपालमा पनि यस्तो सुविधा दिएर कृषिको विकास गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रका  सभापति श्री डिवि बस्नेतले कृषि उद्यम केन्द्रले सिमिट नेपालको सहयोगमा पश्चिम नेपालको कपिलवस्तु, दाड०ग, बांके, बर्दिया, कैलाली र कंचनपुर जिल्लामा मकैको व्यवसायीक खेतीको शुरुआत गरेको र यसमा उक्त जिल्लाका कृषक, सहकारी, व्यवसायीहरुको सहभागिता रहेको जानकारी गराउनु भयो । सिमेट नेपालको सहयोगमा कृषि उद्यम केन्द्रले शिप, ज्ञान, क्षमता अभिवृद्धि लगायत विभिन्न तालिमहरु दिएर मकै खेतीको व्यवसायीकरण गर्न प्रोत्साहन गर्दै आएको बताउंदै उक्त भ्रमण टोलिमा ६ जिल्लाका सहकारी, कृषक समूह, उद्योग वाणिज्य संघ, गाउंपालिका कृषि उद्योगका संचालक लगायत ३० जनाको सहभागीता रहेको वताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077