मुख्यमन्त्री कार्की– बकर इदको शुभकामना

Logo
Nav Nepal सोमबार, आषाढ ०४, २०८१
विराटनगर,३ असार ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमहरुमा खुशी, शान्ति तथा समृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त्त गर्नु भएको छ।
मुख्यमन्त्री कार्कीले आज जारी गर्नु भएको शुभकामना सन्देशमा बहुपहिचान, बहुधार्मिक, सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको कोशी प्रदेशमा बकर ईदले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गर्ने विश्वास जनाउनु भएको छ।
बकर ईद इस्लाम समुदायको सबैभन्दा महत्वपूर्ण र विश्वभरका मुस्लिमहरुले मनाउने  इस्लामिक चाड भएकाले  यो पर्बले कोशी प्रदेश मात्रै नभएर मुलुकभर एवं बिदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने उहाँले उल्लेख गर्नु भएको छ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो –यस पर्वले सम्पूर्ण नेपाली वीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन सक्ने बिश्वास लिएको छु ’।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको बताउँदै उहाँले विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान पु¥याउने उहाँले बताउनुभयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077