लोकतन्त्र स्थापनाको आन्दोलनमा प्रदेशको भूमिका महत्वपूर्ण रहेको – पूर्वराष्ट्रपति भण्डारी

Logo
Nav Nepal शनिबार, माघ २७, २०८०

विराटनगर,२६ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कोशी प्रदेशले मुलुकमा लोकतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।
न्यू सृष्टि दैनिकको १३ औं वार्षिकोत्सव एवं सम्मान कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाले प्रदेशले जनताले गरेको आन्दोलनको कारणमा मुलुकमा गणतन्त्र र लोकतन्त्र स्थापना हुन सफल भएको विचार राख्नु भयो ।
पूर्व राष्ट्रपति भण्डारीले प्रदेशले देशलाई प्रधानमन्त्री,प्रधान न्यायाधीश,वरिष्ठ चिकित्सक लगायतका व्यक्तिहरु उपहार दिएको विचार राख्नु भयो ।
पूर्वराष्ट्रपति भण्डारीले सञ्चार माध्यमहरुले समुदायका समस्या , स्थानीय मुद्दाहरुलाई प्रकाशमा ल्याउने र प्राकृतिक एवं सांस्कृतिक सम्पदाको प्रर्वद्धन जस्ता विषयवस्तु उठान गर्नु पर्ने सुझाव दिनु भयो ।
उहाँले मुलुकमा बसोवास गर्ने विविध जातजाति, भाषाभाषी एवं संस्कृति अवलम्वन गरेका समुदायका वीचमा आपसी सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने काममा सञ्चार माध्यमले योगदान गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो –राष्ट्रको समग्र आर्थिक विकासमा टेवा पु¥याउनका लागि यस क्षेत्रको महत्वपूर्ण पूर्वाधार जोगवनी –किमाथाङका जोड्ने कोशी राजमार्गको सडक समयमा निर्माण सम्पन्न गरी दुई छिमेकी देशवीच व्यापार विस्तारभई अर्थतन्त्र सुदृढ हुने छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश पुनः नामकरण सङघर्ष समितिसँग आज भएको पाँच बुंदे सहमतीले प्रदेशमा आजबाट बन्द हडताल सधैका लागि बन्द भएको बताउनु भयो ।
उहाँले बालबालिका मुलुकको भविष्य भएकोले उनीहरुको ज्यान जोगाउन मन्दिर, सामुदायिक भवन लगायतका क्षेत्रको बजेट कटौती गरी निःशुल्क उपचारको व्यवस्था सरकारले शुरु गरेको विचार राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा बसोवास गर्ने कुनै गरीव , दुर्गम क्षेत्रका छात्रछात्रालाई निःशुल्क चिकित्सक, कृषि, इन्जिनियर, वलिक, पशु स्वास्थ्यमा अध्ययनका लागि छात्रवृत्तिको सूचना चाँडै जारी गर्ने जानकारी दिनु भयो ।
उक्त दैनिक प्रधान सम्पादक एवं रासस सञ्चालक समितिका सदस्य शंकर खरेलले आगामी वर्ष दैनिकले युवा वर्षको रुपमा मनाउने बताउनु भयो ।
कार्यक्रमम नेपाली चलचित्रका वरिष्ठ कलाकार निर शाह, नागयक विश्व वस्नेत, वरिष्ठ लोकगायक कुमार वस्नेत,अभिनेत्री शर्मिला मल्mले सम्पूर्ण नेपालीहरुवीच एकतावद्ध भएर बस्नु पर्ने विचार राख्नु भएको छ।
सो अवसरमा पूर्व राष्ट्रपति भण्डारी , मुख्यमन्त्री कार्कीले जेष्ठ नागरिक, चलचित्रकर्मी ,सामुदायिक विद्यालयका विद्यार्थी लगायत विभिन्न विधाका महानुभावहरुलाई नगद सहित सम्मान गर्नु भएको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077