विराटनगर,९ साउन ः मोरङको सुनबर्सी नगरपालिकाको संयोजनमा वडा नं १ स्थित केचनामा वहालको घरमा अस्थायी प्रहरी चौकी आज स्थापना गरिएको छ।
भारतीय सीमावर्ती सिक्टी नाकाबाट हुने चोरी निकासी र लागु पदार्थ ओसार पसार नियन्त्रणमा चौकी उपयोगी हुने स्थानीयबासीको भनाई रहेको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारील उक्त्त चौकीको उद्घाटन गर्दै सरकार नागरिकको सुरक्षाप्रति सम्बेदनशील रहेकाले चौकी स्थापना गरिएको बताउनु भयो ।
उहाँले चौकी स्थापनाबाट यस क्षेत्रमा शान्तिसुरक्षा कायम भएर आर्थिक चलायमान हुने विश्वास व्यक्त्त गर्दै आगामी एक बर्षभित्र चौकीलाई स्थायी बनाउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
खानेपान, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले सुरक्षा चौकी स्थापनाबाट यस क्षेत्रमा राज्यको उपस्थिति रहनुका साथै जनताले सुरक्षाको अनुभूति गर्ने विचार राख्नु भयो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले जनताको माग अनुसार अनुसार चौकी स्थापना गरिएको बताउनु भयो ।
सुनसरीबर्सी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशी,वडा अध्यक्ष बीरबहादुर राईले र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सुमन कार्कीले लागु पदार्थ दुव्र्यसन नियन्त्रण, अपराधीक घटना न्यूनिकरण र शान्ति सुरक्षा कायम राख्न नागरिकको सहयोग आवश्यक रहेको विचार राखेका छन् ।
यस क्षेत्रका जनताले विस २०६५ साल देखि चौकी स्थापनाका लागि माग गर्दै आएका थिए ।–––