विराटनगर,२२ साउन ः नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड) पार्टीको प्रदेश नं १ प्रदेश समितिको आज विराटनगरमा आयोजित सातौँ पूर्ण बैठकमा सहभागी हुनु भएको छ।
एक दिने उक्त्त बैठकमा प्रदेश इन्र्चाज एवं उपमहासचिव हरिबोल गजुरेल,प्रदेशका १४ जिल्लाका संयोजक र अध्यक्षहरु ,प्रदेश कमिटीका सदस्य एवं पदाधिकारीहरु, प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु, केन्द्रीय पदाधिकारीहरु, पूर्वमन्त्रीहरुको सहभागिता रहेको प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलेले जानकारी दिनु भयो ।
बैठकमा केन्द्रीय अध्यक्ष दाहालले प्रदेश सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिनु हुने छ ।
यस्तै जिल्ला संयोजकले पार्टीको गतिविधि सम्बन्धमा वैठकमा जानकारी गराउनु हुने छ।
बैठक पार्टीका प्रदेश अध्यक्ष हर्क नेम्वाङ्गले गर्नु भएको छ ।–––