नेपाल महिला संघको स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण

Logo
Nav Nepal बिहिबार, साउन २४, २०८१

विराटनगर,२४ साउन ।महिला संघ मोरङले स्थापना दिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ ।
महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ महिला संघले देशैभर जनचेतनामलक अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ । सो अवसरमा बोल्दै महिला संघ मोरङ अध्यक्ष विजेता अधिकारी, नेपाली कांग्रेस मोरङ कार्यवहाक सभापति भक्तिनाथ माझीले महिला संघले नेपालको राजनीति परिवर्तनका साथै महिलाहरुको हक, अधिकार स्थापीत गर्न खेलेको भूमिकाको चर्चा गर्नुभयो । विक्रम संवत २००४ सालमा स्थापीत महिला संघले महिलाहरुको हक अधिकारको मात्र कुरा नगरेर हरेक तह र तप्कामा महिलाहरुको समानुपातिक समावेशीता अनिवार्य हुनुपर्ने सवाल उठाउँदै आएको छ । हरेक क्षेत्रमा ३३ प्रतिशत मात्र नभएर ५१ प्रतिशत महिला भएको देशमा ५० प्रतिशत महिलाहरुको समावेश हुनुपर्ने कुरा उठाउँदै आएको छ । कार्यक्रममा नेपाल महिला संघ मोरङकी सचिव प्रमिला थापा, नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे, विराटनगर महानगरका प्रमुख नागेश कोइराला लगायतको सहभागीता थियो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077