सेन्टजोसेफ : ‘फ्रेसर पुल पार्टी’

Logo
Nav Nepal आइतबार, साउन २७, २०८१

विराटनगर । विराटनगरको सेन्टजोसेफं प्लस टुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ । शनिबार स्कुल परिसरमा एक फरक कार्यक्रमको आयोजना गरेर विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

‘फ्रेसर पुल पार्टी’ आयोजना गरेर विद्यार्थीहरूलाई स्वागत गरिएको कलेजका डाइरेक्टर रोहितजंग थपलियाले बताए । उनले अन्यभन्दा फरक रूपमा सेन्टजोसेफलाई चिनाउन पनि यस प्रकारको कार्यक्रम गरिएको उल्लेख गरे ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कार्यक्रमको सम्पूर्ण जिम्मा लिएर सफलतापूर्वक सम्पन्न भएको थपलियाको भनाइ छ ।

कार्यक्रम हवाई र समुद्र किनारको थिममा आयोजना गरिएको हो’, थपलियाले भने, ‘कार्यक्रमस्थलमा कृत्रिम छाप्रा र नरिवलका रुखहरूले सजाएर समुन्द्र किनारको वातावरण सिर्जना गरिएको हो । यस्ता कार्यक्रम विराटनगरमा सायदै नहोलान् ।’

कार्यक्रममा सिरश ब्यान्ड, डिजे ईश्वर र लाइभ म्युजिकको प्रस्तुति समेत गरिएको थियो । कार्यक्रमको व्यवस्थापन म्यानेजमेन्ट, प्राविधिक व्यवस्थापन विज्ञान र सम्पूर्ण फुड लगायतको व्यवस्थापन होटल म्यानेजमेन्टका विद्यार्थीहरूले गरेका थिए ।

विस २०३४ मा स्थापनामा भएको उक्त माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि १२ सम्म एक हजार ९०० विद्यार्थीहरु अध्ययनरत छन । विद्यालयमा अध्ययन गरी अहिलेसम्म नौ सय विदेशमा विभिन्न क्षेत्रमा कार्य गरिरहेको विद्यालयले जनाएको छ।
विद्यालयले व्यवस्थापन, विज्ञान र होटल म्यानेजमेन्टमा अध्ययन गरिएको छ । विद्यालयमा १५० शिक्षक र शिक्षिका कार्यरत रहेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077