कोशी प्रदेश सरकारको सय दिन

Logo
Nav Nepal शुक्रबार, साउन ३२, २०८१

 

विराटनगर, ३२ साउन ः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुत्रतिलाई सरकारले मुख्य प्राथमिकतामा राखि काम गरिरहेको बताउनु भएको छ ।
कोशी प्रदेश सरकारको नेतृत्व गुर्न भएको १०० दिन आज पूरा गर्नु भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभा हलमा पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सबलीकरण, सेवा प्रवाहको नतिजामुखी कार्यसम्पादन र जवाफदेहिता, सामाजिक सुरक्षा र रोजगारी प्रवद्र्धन, सुशासनको प्रत्याभूति तथा समग्र प्रदेशको हितलाई संस्थागत गर्ने हेतुले प्रदेश सरकारले आफ्ना कार्यक्रम अगाडि बढाएको चर्चा गर्दै अहिलेको सरकार स्थिरता दिने र आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने अवस्थामा पुगेको कुरामा जोड दिनुभयो ।
उहाँले प्रदेशलाई आम नागरिकहरुले देख्नु, छुन र अनुभूति गर्न सक्ने संरचनाका रुपमा विकास गर्ने पर्ने दायित्व यो सरकारको काँधमा छ भन्दै उहाँले भत्रुभयो, ‘ प्रदेश सरकारले जनतामा आशाको दियो जगाउने प्रयत्न गरेको छ ।’


मुख्यमन्त्री कार्कीले भत्रुभयो, ‘ गुणस्तरीय सेवा प्रवाह, जन आकांक्षाहरुको सम्बोधन, पूर्वाधार विकासमा तीव्रता, सामाजिक रुपान्तरणका लागि दीर्घकालीन नीति निर्माण र कार्यान्वयन, पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षण गर्दै समाजिक, आर्थिक र साँस्कृतिक समृद्धिका साथ प्रदेशको दिगो विकास गर्ने अभियानमा प्रदेश सरकार अग्रसर रहको छ ।’
उहाँले प्रदेश सरकारले थोरै समयमा सडक सुशासन कायम गर्न विभित्र ठाउँमा ट्राफिक लाईट जडान, जोगबनी देखि उत्तर चीनसँग जोडिने किमाथाङ्का सडकको नाका सञ्चालन, प्रदेशमा छ वटा पशु कार्यालय स्थापना, आगामी पुसमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी, सुनसरीको सर्दुखोला पुलको उद्घाटन काम सम्पत्र गरेको छ ।
जनताका शान्ति सुरक्षा कायम गर्न विभित्र स्थानमा अस्थायी प्रहरी चौकी स्थापना गरेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले तेह्रथुम सदरमुकाम जोड्ने प्रदेश सरकारको रु ९० करोड लगानी शुक्रबारे–सिधुवा सडकको उद्घाटन पनि प्रदेशको महत्वपूर्ण उपलब्धि हो भत्रुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी कार्यक्रम सुरु गर्न प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत प्रदेशका पाँच वटा पालिकामा रु तीन करोड ७५ लाख लगानीमा झापाको गौरादह नगरपालिका, सुनसरीको रामधुनी नगरपालिका, खोटाङको ऐसेलुखर्क गाउँपालिका, भोजपुरको पौवादुङ्वा गाउँपालिका र इलामको फकफोकथुम गाउँपालिकामा कार्यक्रम सञ्चालन हुने सम्झौता पनि भइसकेको जानकारी दिँदै प्रदेश सरकारको लगानीमा सुनसरी र धनकुटाको बीचमा रहको पर्यटकीय स्थल भेडेटारमा स्काई वाक निर्माण सम्पत्र गरी सञ्चालनमा आएको बताउनुभयो ।
उहाँले मुख्यमन्त्री कार्यालयमा गुनसो सुनवाई कक्ष निर्माण, सुशासनका निम्ति प्रशासकीय सुधार कार्यक्रम र दिगो विकासका निम्ति मन्त्रालयका सबै सचिवहरुलाई पटक÷पटक निर्देशन भइरहेको जानकारी दिँदै प्रदेश सरकार सया दिनको अवधिमा ६० वटा महत्वपूर्ण काम गरेको र जसबाट प्रदेशवासी लाभान्वित भएको जानकारी दिनुभयो ।
सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राई लगायत विभित्र मन्त्रालयका सचिव, उच्चपदस्थ अधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077