कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुने– मुख्यमन्त्री कार्की

Logo
Nav Nepal आइतबार, भाद्र ०९, २०८१

विराटनगर,९ भदौ ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही भदौ १२ गते भित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नेपाली कांग्रेसले मन्त्रिहरु नाम दिने साथ मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले यही भदौ १४ गतेदेखि शुरु हुने प्रदेश सभा बैठकमा सबैमन्त्रिहरु अगाडिको आफ्नो कुर्सीमा हुने समेत बताउनु भयो ।
उहाँले विगतमा भएको सहमती अनुसार प्रदेशमा मन्त्रालयको सङ्ख्या वृद्धि नहुने बताउँदै नेकपा एमालेबाट मुख्यमन्त्री सहित पाँच र नेकांका चार जना मन्त्रिहरु रहनु हुने छन् ।
मुख्यमन्त्री कार्कीले भन्न भयो ,‘ एक÷ दुई राज्यमन्त्री थप हुन सक्ने सम्भावना रहेको छ ’।
उहाँले प्रदेशको मन्त्रिमण्डल विस्तार शोभनिय बनाउन नेकपा एमाले र र नेकाँको चाहना भएको बताउनु भयो ।
फरक प्रसङमा उहाँले ‘कोशी ’ यो प्रदेशको पहिचान भएको बताउँदै अन्य थुप्रै पहिचानहरुको यथोचित सम्बोधन हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री कार्की प्रदेशको नामाकरण भैसकेकोले परिवर्तन नहुने बताउँनु हुँदै मन्त्री रामबहादुर रानाको नेतृत्वमा रहेको बार्ता टोलीले आवश्यक पर्दा सांस्कृत लगायतका विभिन्न विषयमा बार्ता गर्ने जानकारी दिनु भयो ।–––

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077