विराटनगर,४ फागुन ः विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ ।
महानगरले सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा क्षति हुने जोखिमलाई ध्यानमा डीप वोरिङ जडान कार्य शुरु गरेको छ।
विराटनगरस्थित–१० स्थित सनसारीमाईस्थानमा आज डिप बोरिङ जडान गरेको छ ।
बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ जडान गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताउनु भयो ।
बजार क्षेत्रमा आगलागी भएमा दमकलमा पानी भर्न चार किलोमिटर उत्तर पुष्पलाल चोक पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ।
प्रमुख कोइरालाले बजार र दक्षिणी क्षेत्रमा लागलागी भएमा पानी सकिने बित्तिकै सनसारीमाईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुगी क्षति न्यूकरणमा सहयोग पुग्ने विचार राख्नु भयो ।
यसअघि नगरको पुष्पलाल चोक र महानगर परिसरमा डिप बोरिङ जडान गरिएको थियो । महानगरले चाँडै विराटनगर–१४ मा पनि डिप बोरिङ जडान गर्ने तयारी गरेको छ ।–––