कृषि एक्स्पो – कृषि उत्पादन वृद्धि र रोजगारी सिर्जना

Logo
Nav Nepal बुधबार, भाद्र २६, २०८१

 

विराटनगर, २५ भदौ ः नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषिमा जनताको पहुँच र उत्पादन वृद्धि गर्न यही भदौ २७ देखि ३० गते मोरङको कटहरी गाउँपालिकाको कृषि थोक बजारमा कृषि एक्स्पो आयोजना गर्ने भएको छ।
महासंघ कोशीद्वारा मङगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशको अर्थतन्त्रको एक तिहाई भन्दा वढी हिस्सा ओगट्ने कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउन एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
एक्स्पोमा नविनतम औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षित, पर्यावरण– मैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल , नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुत , कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताउनु भयो ।
एक्स्पोमा १३० स्टल मध्य भारतको विहार र पश्चिम वङ्गालका लागि २० स्टल कृषि र औजारका लागि छुट्याइएको छ।
एक्स्पोमा कृषि पशुपंक्षी, कष्टम हाइरिङ, क्याईमेट चेन्ज, जैविक तथा विषादी बनाउने र प्रयोग विधि सम्बन्धमा नेपाल तथा भारतका विज्ञहरु सम्वाद कार्यक्रम गर्ने छन् ।
उक्त एक्सोमा भारत विहारका कृषि मन्त्री एवं कृषि विज्ञहरुको सहभागिता हुने अध्यक्ष राउतले जानकारी दिनु भयो ।
एक्स्पो निर्माणका लागि रु एक करोड खर्च लाग्ने जानकारी आयोजकले दिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

मनोज दाहाल

सम्पर्क

बिराटनगर मोरंग नेपाल
[email protected]
9842020077