विराटनगर,२९ भदौ ः पूर्व प्रधानमन्त्री एंव नेकपा( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ मोरङको कटहरीमा जारी ‘कृषि एक्स्पो ’ को अवलोकन गर्दै कृषि क्षेत्रको प्रवद्र्धनबाट नै देश विकासले गति लिने बताउनु भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशद्वारा कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पोको आज अवलोकन गर्दै उहाँले कृषिमा नीजि क्षेत्रको लगानीबाट मुलुक आत्मनिर्भर निर्यात हुनका साथै निर्यात गर्न सक्षम हुने धारणा राख्नु भयो ।
पूर्वधानमन्त्री दाहालले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताउनु भयो ।
उहाँले कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रिकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको विचार राख्नु भयो ।
उहाँले भन्नु भयो,‘ हामी सरकारमा छँदा कृषि क्षेत्रको समग्र विकासका लागि प्रयास गरेका हौं र अब पनि प्रयास गरिरहने छौं ’।
सो अवसरमा अध्यक्ष दाहालले एक्स्पोमा राखिएका स्टलका बारेमा जानकारी लिँदै महासंघ प्रतिनिधिहरुसँग कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने सम्बन्धमा छलफल गर्नु भएको थियो ।
महासंघका कोशी अध्यक्ष राजेन्द्र राउतले प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा एक्स्पो मार्फत भेला पारिएको बताउनु भयो ।
उहाँले कृषि क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्न र अबका योजना पहिल्याउन एक्स्पो सहयोगी धारणा राख्नु भयो ।–––